Skip to main content

फोहोरको आडमा माग पुर्‍याउन खोज्नु बेइमानी ः मन्त्रीहरु

दिपेश केसी
काठमाडौं, माघ ११। कानुन मन्त्री प्रेमबहादुर सिंहले भोलिदेखि जसरी पनि
राजधानीलगायतका सहरमा थुप्रिएका फोहोर उठाएर छाडिने बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री सिंहले
नागरिकको जीवनमा असर पुग्ने र सहरलाई कुरुप बनेको अवस्थामा सरकारले
वैकल्पिक बाटो अपनाएर भए पनि फोहोर उठाउने स्पष्ट पारे।
'सरकार काठमाडौं सहरलाई नरक बनाउन दिने पक्षमा छैन,' उनले भने-
कर्मचारीले पनि फोहोरलाई अघि राखेर माग पूरा गर्न खोज्नुहुँदैन।
विभिन्न माग राखेर स्थानीय निकायका कर्मचारीले मुलुकभरि तीनदेखि फोहोर
उठाएका छैनन्। मन्त्री सिंहले जनताको सहयोग लिएर भए पनि फोहोर उठाउन
सरकार अघि र्सर्ने बताए। थ्यगच दचयधकभच mबथ लयत कगउउयचत मष्कउबिथ या
तजष्क imबनभ।
उनले स्थानीय निकायका ७ हजार करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई
स्थायी गर्दा १ लाख ७ हजार शिक्षक, चिकित्सक, प्राद्यापकको समेत माग पूरा
गर्न अर्थतन्त्रले नधान्ने भएकाले समग्र अध्ययन गरी कदम चाल्न
प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
कार्यक्रममा वातावरण मन्त्री ठाकुर शर्माले स्थानीय निकायका कर्मचारीको
मागमा सरकार गम्भीर भए पनि फोहारमा राजनीति गर्न नहुने बताए। 'काठमाडौंका
सडक सडकमा थुप्रिएका फोहोरका कारण महिलाहरु उल्टी गरिरहेका छन्,' उनले
भने- यस्तो अवस्थामा वार्तालाई आन्दोलनको स्वरुपमा बदल्न ढिलो गर्नु
हुँदैन।
मन्त्री शर्माले फोहोरको आड लिएर आफ्ना माग पूरा गराउन खोज्नु उचित
नहुने बताए। 'सरकार कुनै पनि हालतमा महानगरलाई महामारीमा फँसाउन
चाहँदैन,' उनले भने-दर्ुगन्धित सहर लिएर नयाँ नेपाल बनाउन सकिँदैन।
कार्यक्रममा स्थानीय निकाय कर्मचारी युनियनका गंगाधर गौतम, स्थानीय
निकाय राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठ, गाविस
कर्मचारी संगठनका अध्यक्ष श्रीराम आचार्यलगायतले स्थानीय निकायका
कर्मचारीको स्थायी प्रक्रिया, वृत्ति विकास, बीमा, क्षतिपर्ूर्तिलगायतका
माग पूरा गरे फोहोर भोलिदेखि नै उठाउन तयार भएको बताए। 'हामीले ३५ हजार
कर्मचारीको मुद्दा उठाएका छौं,' उनीहरुले भने- सरकारको विश्वसनीयता
नभएकाले हामीले फोहोर उठाउन बन्द गर्नुपरेको हो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।