Skip to main content

फ्री नेपाल डट कममा श्रम शोषण भएको दावी

काठमाडौं, १२ कार्तिक । विगत दश वर्षदेखि रुसबाट डा. मधुकृष्ण श्रेष्ठ र शम्भुप्रसाद रिजालले संचालन गर्दै आएको फ्री नेपाल डट कमका नेपालस्थित कार्यालयका पत्रकार तथा कर्मचारीहरुले साढे दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सामूहिक राजीनामा दिएका छन्।
उनीहरुले एक वक्तव्यमार्फत पारिश्रमिक पाउनुपर्ने माग समेत गरेका छन्। दुई जना फोटोपत्रकारसहित लक्ष्मी कुवँर, सनमान लामा, मिना क्षेत्री र दिपक बस्नेतका नाममा जारी वक्तव्यमा उनीहरुले भनेका छन्, हामी ५ जना नेपाल कार्यालयमा काम गर्दै आएका स्टाफले विगत साढे दुई वर्षदेखि पारिश्रमिक पाएका छैनौ । आज हुन्छ भोलि हुन्छ भन्दै नेपालस्थित सम्पादक दिनेश बस्नेतको भनाइमा विश्वास गर्दै हामीले निरन्तर काम गरेका थियौ । तर, अहिलेसम्म पनि त्यस विषयमा कुनै सुनुवाई नभएकाले हामी बाध्य भएर यो निर्णयमा पुगेका हौं ।
वक्तव्यमा विगत २ वर्षदेखि पारिश्रमिक नदिइएको भन्दै विगतमा धेरै पटक स्वार्थपूर्ण समाचार तथा लेख रचना सम्प्रेषण गर्न बाध्य पारिएको समेत उल्लेख छ। वक्तव्यमा आजैका मितिबाट फ्री नेपाल डट कमबाट सामूहिक राजीनामा दिएका छौ भन्दै आफूहरुको श्रम शोषण भएको भन्दै पारिश्रमिक उपलव्ध गराउनसमेत माग गरेका छन्। उनीहरुले हामी नेपालमा लागु श्रमजीवि पत्रकार ऐन कार्यन्वयन गर्नसमेत यसै बेला माग गरेका छन्।
वक्तव्यमा हामी पेसाकर्मी हौं, हामी तपाईहरुसामू कुनै न कुनै माध्यमबाट प्रस्तुत भइनै रहनेछौ । साथै आजैका मितिदेखि विगतमा प्रधानसम्पादक रहँदै आएका डा। मधुकृष्ण श्रेष्ठ, संयोजक रहेका शम्भुप्रसाद रिजाललगायत पुरानो टिमलाई हटाइएको घोषणासमेत गरेका छन्। उनीहरुले श्रमशोषणविरुद्धको आफूहरुको अभियानमा सम्पादक दिनेश बस्नेतबाट समेत सहयोगको अपेक्षा गरेको भन्दै हाललाई हामीले एफएनएन डट कम डट एनपी र फ्री नेपाल डट कम डट एनपी (http://www.fnn.com.np or http://www.freenepal.com.np) मार्फत पूर्ववत सेवा दिने जनाएका छन् ।
उनीहरुले वक्तव्यमा भनेका छन्, हामीले फ्री नेपाल डट कम छोडेका हौ तपाईहरुलाई होइन भन्दै हामीले खाइनखाई विगतमा गरेको सेवालाई हृदयदेखि नै सहयोग गर्दै आउनु भएका र सद्भाव व्यक्त गर्नु हुने सबैमा आगामी दिनमा पनि पूर्ण सहयोगको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...