Skip to main content

माओवादी आन्दोलनले देशलाई सशस्त्र द्वन्द्वमा धकेल्छ-नागरिक समाज

काठमाडौं, कात्तिक १२ । नागरिक समाजका अगुवाहरुले एकीकृत नेकपा माओवादीको आन्दोलनले मुलुकलाई अर्को सशस्त्र द्वन्द्वमा धकेल्ने खतरा औल्याएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनले नागरिक सर्वोच्चता स्थापित हुनुको साटो भएका अधिकार समेत खोसिएर दक्षिणपन्थी शक्तिलाई बलियो बनाउनसक्ने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.केदारनरसिंह केसीले माओवादी ले मुठभेडको खतरा बढाउने बताए । तत्काल आन्दोलन फिर्ता लिएर सहमतिको बाटोमा आउन आग्रह गर्दै भने,'अहिले आन्दोलन गर्ने बेला होइन, सहमतिका साथ जानुहोस् ।' सरकारले पनि परिस्थितिको जटिलतालाई मनन गरेर माओवादीको जायज माग सम्बोधन गर्नेतिर ध्यान दिनुपर्ने बताए । माओवादीलाई हिंसात्मक गतिविधि त्याग्न केसीको आग्रह थियो । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथिको माओवादी आक्रमणका अलावा अन्य हिंसात्मक घटनाको निन्दा गरे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले माओवादी आन्दोलनले राजनीतिक अस्थिरतालाई बढवा दिने टिप्पणी गरे । उनले भने,'माओवादी आन्दोलन नभई अतिवाद हो, यसले जानी नजानी दक्षिणवादी अतिवाद उत्पन्न हुदैछ ।' आफै सहभागी भएर बनाएको संविधानको बाटो भन्दा भिन्न बाटोमा हिंड्नुले गम्भीर आशंका उत्पन्न गराएकेा बताए । देश जोगाउने र संविधान समयमै बनाउने हो भने माओवादीले आन्दोलन फिर्ता लिनुपर्ने बताए । पछिल्लो असहमतिले सशस्त्र द्वन्द्वको खतरा उत्पन्न भएको बताए । समयमै संविधान नबने देशमा संकटकाल र राष्ट्रपति शासन आउनसक्ने बताए । उनले भने,'माओवादीले कि त आन्दोलन फिर्ता लिने अवस्था आउंछ कि त देशमा दक्षिणपन्थी शक्ति हावी हुने अवस्था बन्छ ।'
मानवअधिकारकर्मी पुरुषोत्तम दाहालले माओवादी आन्दोलनले अर्को सशस्त्र द्वन्द्वको खतरा बढाएको टिप्पणी गरे । शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्ने बेलामा आवेशमा आएर आन्दोलनमा जानुले देश र जनताको हित नगर्ने बताए । उनले भने,'माओवादीसंग मात्र हतियार छैन, अन्य सशस्त्र समूह पनि रहेको अवस्थामा हतियारको द्वन्द्व बढ्छ ।' माओवादीको कदम अराजक र ध्वंशात्मक भएको भन्दै पछिल्लो समय नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथि गरिएको आक्रमणको भर्त्सना गरे । सत्ता र नागरिक सर्वोच्चताको व्याख्या संगै गरेर माओवादीले विरोधाभाषपर्ूण्ा काम गरेको बताए । माओवादीभित्रको अर्न्तद्वन्द्वले आन्दोलनको रुप लिन लागेको विश्लेषण गरे । तत्काल सहमतिमा नआए जातीय, धार्मिक र क्षेत्रगत ढंगले उग्रवाद बढ्ने बताए । माओवादीको कोर्टमा बल रहेकाले सबैभन्दा जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याए । तोकिएको समयभित्र संविधान नबने नागरिक समाज सभासदहरुको राजीनामा मागेर सडकमा ओर्लने चेतावनी दिए ।
नेपाल पत्रकार महासंघका पर्ूव सभापति तानाराथ दाहालले संविधानबाटै समस्या समाधानको बाटो खोज्नुपर्ने बताए । संविधान बाहिरबाट समाधान खोज्ने प्रयास भए थप समस्या आउने बताए । उनले भने,'माओवादी आन्दोलनले देशलाई झनै संकटमा धकेल्दैछ ।' माओवादी आन्दोलनमा जादा संविधान समयमा नबन्ने र त्यसले राष्ट्रपति शासन आउनसक्ने औल्याए । आन्दोलनको परिणाम दर्ुघटना हो भन्दै फिर्ता लिएर सहमतिमा आउन आग्रह गरे । सरकारको नेतृत्व गरेको नेकपा एमालेले प्रष्ट विचार दिएर समस्या समाधानको पहल गर्नुपर्ने बताए । एमालेभित्रै बढेको अर्न्तद्वन्द्व समस्याको एउटा कारक रहेको टिप्पणी गरे । माओवादीतिर ध्यान दिएर मात्र समस्या समाधान हुननसक्ने बताए ।
नेपाल बार एशोशिएसनका कार्यवाहक अध्यक्ष हर्रि्रसाद उप्रेतीले देशले अर्को आन्दोलन नचाहेको बताए । माओवादी आन्दोलनले देश र जनतालाई दुःख मात्र पुग्ने विश्लेषण गरे । उनले भने,'देश आन्दोलन थेग्ने अवस्थामा छैन, तर्सथ सहमतिमा आउनुको विकल्प छैन ।' नेता र दललाई प्रहार गर्ने नाममा व्यवस्थामाथि प्रहार गर्न खोजे गम्भीर परिणाम आउने बताए । माओवादीले कानुन र संविधानको बाटोभन्दा अलग बाटो रोजेमा अराजकता र अस्थिरता आउने टिप्पणी गरे । संविधानको पालना नगर्दा अस्थिरता बढेको बताए ।
मानवअधिकारकर्मी सुदीप पाठकले देश मुठभेड र सशस्त्र द्वन्द्वको खतरामा पुगेको बताए । माओवादी आन्दोलनले देशलाई थप ध्वंसात्मक अवस्थामा पुर्‍याउने सिवाय केही गर्न नसक्ने बताए । उनले भने,'माओवादी आन्दोलनले उसले भनेजस्तो नागरिक सर्वोच्चता नभई राष्ट्रपति शासनको बाटो खोल्नेछ ।' सहमतिका लागि सबै पक्ष जिम्मेवार हुन आग्रह गरे । विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ सहमति अनिवार्य भएको बताए । असारभित्र संविधान नबने संविधानसभा बिघटन हुनुपर्ने माग राखे । माओवादीले ढुंगामुढा, हत्या र जनअदालत ब्यूताएर सक्रियता देखाएको भन्दै आलोचना गरे । र्सवसाधारण गाउँघरबाट फेरि विस्थापित हुने अवस्था आएको बताए ।
प्राध्यापक डा.गुणनीधि न्यौपानेले जनताको सर्वोच्चताका नाममा जनतामाथि दुःख पुर्‍याउने कदम अस्वीकार्य हुने बताए । माओवादीको आन्दोलनले जनतालाई थप मर्का पर्ने बताए । संविधान अनुसार सबैलाई चल्न भन्दै चित्त नबुझेकोमा संवैधानिक बाटो खेाज्न आग्रह गरे । विरोधका नाममा सडक र सदन अवरुद्ध गरेर लोकतान्त्रिक प्रणालीलाई चुनौती दिने कदम उपयुक्त नभएको बताए ।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले सहमतिको विकल्प नभएको बताए । सहमतिका लागि सबैले आ आफ्नो स्थानबाट त्याग गर्नुपर्ने बताए । जनताले दलहरुबीचको एकता चाहेको भन्दै संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए । देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।