वीरगंज, १२ कार्तिक। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा संचालित रक्त संचार केन्द्र वीरगंजमा रगतको अभाव भएको छ। आज रक्तसंचार केन्द्र वीरगंजले एक अपिल प्रकाशित गरी विभिन्न संघसंस्था, जनसमुदायसंग रक्तदान गर्न आह्वान गरेको छ।
विरामीहरुलाई मासिक ३ सय युनिट भन्दा बढी रगत वितरण हुंदै आइरहेकोमा दशैं, तिहार, इद तथा छठ पर्व जस्ता विभिन्न चाडहरु पर्न गइ रक्तदान कार्यक्रममा कमी भएको हुनाले रगतको अभावमा जीवन र मृत्युसंग जुद्धिरहेका विरामीहरुलाई आवश्यक मात्रामा रगत उपलब्ध गराउन कठिनाइ भइरहेको हुंदा रक्तदान गरी मानवीय सेवामा सहयोग गरी दिनहुन सामाजिक सेवामा समर्पित रक्तदाता संघ संस्था तथा जनसमुदायलाई रक्त संचार केन्द्रले हार्दिक अपिल गरेको छ।

Comments
Post a Comment