वीरगंज, १८ असोज । विश्वमा सबभन्दा बढी बली चढ्ने मन्दिरमा यसपालिको मेलामा धेरै श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ। मेलालाई आकर्षा बनाउन धमाधम काम भइरहेको स्थानीयवासीले जानकारी दिएका छन् । मेला सुरु हुनु अगावै दैनिक भक्तजनहरुको घुंइचो लाग्ने गरेको छ। हिजोआज पर्सर्ााबारा लगायत टाढा टाढाबाट भक्तजनहरु गढीमाइको दर्शन गर्न आइपुग्ने गरेका छन्।
बाराको जीतपुर नजिकै रहेको अर्को गढीमाइ मन्दिरमा यही नवमीको दिन भव्य मेला लागेको थियो ।
बाराको बरियारपुर गाविसमा रहेको गढीमाइ मन्दिरबाट शोभा यात्रा निस्किएको थियो। यही मंसिरमा लाग्न गइरहेको सो मेलाको भव्य तयारीको क्रममा सो शोभायात्रा निकालिएको हो। क्ष्ँेत्र नं. २ का सभासद एवं एनेकपा माओवादीका नेता र मेलाका सदस्य शिवचन्द्रप्रसाद कुशवाहाका अनुसार अरू सालको तुलनामा यसपालिको मेलामा वैज्ञानिक ढंग अपनाइने, दर्शनार्थीहरू रहनको लागि बास स्थानको व्यवस्था बनाउने र मेलामा कुनै अप्रिय घटना घट्न नदिन मेला समिति, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत सबैले सुरक्ष्ँा दिने बताएका छन्। वीरगंज हु“दै सो शोभा यात्रा जीतपुर, सिमरा, कलैया पुगेर नगर परिक्रमा पश्चात भवानीपुर हु“दै बरियारपुर पुगेको थियो। शोभायात्रामा गाडी, हात्ती, घोडा लगायत रथको पनि व्यवस्था गरिएको थियोे।
मेलामा श्रद्धालु भक्तजनका लागि सबै किसिमको व्यवस्था गरिएको मेला समितिका सदस्य शिवचन्द्र प्रसाद कुशवाहाले बताउनुभयो ।
बारा जिल्ला वरियारपुर गा.बि.स. वार्ड नं १ को ऐतिहासिक स्थल गढिमाई मन्दिरमा प्रत्येक ५ बर्षको मंसिर महिनाको सप्तमी र अष्ठमी तिथिमा गढिमाई देवीको थानमा युगौकालदेखि असंख्य पशुप्राण्ँीहरूको बलि चर्ढाई महिनौ महिनासम्म मेला लाग्ने गर्दछ।
यसरी देवी माताको नाममा निरिह पशु प्राण्ँीहरूको बली चढाएर मानव समाज र राष्ट्रको कल्याण्ँ नहुने बरू अनिष्ट हुने भएकोले निराहार तपस्वी गुरूबाट आज्ञा भएकोले यस २०६६ साल मंसिर महिनाको सप्तमी र अष्टमी तिथिमा हुने उक्त गढिमाई देवीलाई पशुबली नचर्ढाई अहिंसक तरिकाले शुद्ध पूजा गर्न आग्रह गरिएको छ।
जगत प्राण्ँीको उद्वार, राष्ट्रको कल्याण्ँ र विश्व शान्तिको लागि उक्त गढिमाई पूजा मेलाको सर्न्दर्भमा गढिमाई स्थलमा ५ दिन सम्म निराहार तपास्वीद्वारा धर्मादेशाना र भक्तजनहरूलाई दिर्घर्ाा अभिशेक -छे-वङ) प्रदान गर्नु हुने भएको छ।
Comments
Post a Comment