काठमाडौं, १८ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघ र स्वरोजगार यातायात व्यवसायी संघले आन्दोलनको चेतावनी दिएको छ। सरकारले तिन पांग्रे ग्याँस टेम्पो राजधानीबाट हटाउन गरेको निर्णय विरुद्ध उनीहरुले सरकारलाई सो चेतावनी दिएकाहुन्। जसअनुसार पहिलो चरणमा भोलि विहान ९ बजेदेखि काठमाण्डौंका प्रमुख स्थानमा शान्तिपुर्ण टेम्पो र्याली र २० गते यातायात व्यवस्था कार्यालय घेराउ गर्नेछन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च महासंघका सभापती विष्णु सिवाकोटीले विना कारण, विना क्षतिपुर्ति, गैरकानुनी तवरले गरेको निर्णय फिर्ता लिन सरकारसंग माग गरेकाछन्। उनले भने अन्यथा व्यवसायी माथी परेका अन्यायका विरुद्ध सशक्त आन्दोलनको विकल्प छैन।
कार्यक्रममा स्वरोजगार यातायात व्यवसायी संघका अध्यक्ष रामकुमार म्लोनले ग्याँस टेम्पो हर्टाई डिजेलबाट चल्ने सवारी साधनले प्रदुषण बढाउने र १४ सिट क्षमताको टेम्पो हटाएर १४-१६ सिट क्षमताको सवारी भित्राउने निर्णय अव्यवहारिक हुने वताए।
मजदुर र व्यवसायीका नेताहरुले सरकारलाई निर्णय फिर्ता लिन दवावका कार्यक्रम गर्नु परेको बताउँदै व्यवसायीलाई मार्ने काम नगर्न सरकारलाई आग्रह गरे।
सर्वोच्च महासंघका वाग्मती अञ्चल संयोजक विक्रम सापकोटा र स्वोरोजगार व्यवसायी संघका अध्यक्ष रामकुमार म्लोनद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा सरकारलाई विकल्पकोरुपमा सवारी साधनमा लाग्ने भन्सार, अन्तशुल्क र मुल्य अभिवृद्धीकर समेतमा ९९ प्रतिशत छुट दिई आयात गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।

Comments
Post a Comment