Skip to main content

भक्तपुरका आधुनिक दरवारहरू


भक्तपुर, १८ असोज । भक्तपुरमा पुराना मात्र हैन नयाँ नयाँ दरवारहरू पनि बन्न थालेका छन्। यी दरवारहरूको आ आफ्नो बिषेशताहरू रहेका छन्। खास गरी शैक्षिक संस्था चलाउन यी दरवारह बनेका हुन। केही दरवार भन्ने धनाढ्यहरूले आफ्नो धन देखाउन हिसावले निमार्ण्र्ाारेका हुन।
लिवाली दरवार
भक्तपुरको लिवाली आवस क्षेत्रमा यो दरवार अवस्थित छ। भक्तपुर नगरपालालिको स्मामित्वमा रहेको यो दरवार २०५७ सालमा निमार्ण्र्ााुरू भएको थियो। हाल यस दरवार भित्र पाँच वटा निमार्ण्र्ााइसकेका छन्। यस दरवार भित्र नेपाल मै सबैभन्दा कम मुल्यमा इन्जिनिरीयरीङ शिक्षा दिइदै आएको छ। त्रिभुवन बिश्वबिद्यालय, प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद र पर्ुवाञ्चल बिश्वबिद्यालयको सम्बन्धनमा यहाँ प्रमाणपत्र तह, स्नातक तह र स्नाकोतर तहमा इन्जिनीयरीङ शिक्षा दिइदे आएको छ। दक्षिण मोहडामा फर्केको दरवारको मुलगेट भने पश्चिम दिशामा छ। दरवारको पहिलो भवनमा दुइ वटा हलहरू छन्, यी हलहरूमा स्थानीय स्तरमा आयोजना गरिने कार्यक्रमहरू हुने गर्दछ। यो भवनमा यहाँ बिद्यार्थीहरूले बनाएका बास्तुशात्रका सामाग्रीहरू पर््रदर्शन गरिएका छन्। यो भवनको बिषेशता डिजाइन स्टुडियो हो, यहाँ बिद्यार्थीहरले बिभिन्न भवन र नक्साहरूको डिजाइन गर्ने गर्दछन्।
यस दरवारको दोश्रो भवनमा कार्यशाला छ। तेश्रो भवनमा पुस्तकालय, चौथौ भवनमा कम्प्युटर र इलेक्ट्रोनिक्स बिभाग रहेको छ। पाँच भवनमा कक्षा कोठाहरू रहेका छन्। गेट भित्र पस्ने बितिकै आगन्तुकहरूले पानीको फोहरा देख्नछन्। सस्तामो इन्जिनियरीङ शिक्षा दिने उदेश्यले यो दरवार बनाइएको हो।
च्याम्हासिह दरवार
सुरूमा ख्वप कलेज सञ्चालन गरिएको यस भवन च्याम्हासिहमा रहेको छ। यो दरवारको गेट अगाडि ढुङगा जस्तो देखिने प्लाष्टिकका दुइ वटा सिहहरू राखिएका छन्। यस दरवारमा हाल नर्सिङ क्याम्पस सञ्चालित छ। यस क्याम्पसमा १२० जना छात्राहरू नर्सिङ शिक्षा हासिल गरिरहेका छन्। यसै भवनमा जनस्वास्थ्य सेवा अर्न्तर्गत आँखा, बालरोग, स्त्रीरोगको उपाचार समेत गर्ने ब्यबस्था मिलाइएको छ। यही दरवारमा भक्तपुर नगरपालिको अफसेट प्रेस समेत रहेको छ। मल्लकालिन शैलीमा बनाइएको यस दरवार बर्ग आकारको छ।
बिजुक्छे दरवार
भक्तपुरका नेता नारायणमान बिजुक्छेको दरवार कमलबिनायकमा रहेको छ। कमलपोखरीको पर्ुबपट्टी रहेको यो दरवार चार तलेको छ। निक्के भब्यताका साथ बनाइएको यो दरवारमा निकै आर्कशक र कलापर्ुण्ा भएकोले कलाप्रेमीहरूको लागि महत्वपर्ुण्ा छ। दरवारको भुइतल्लामा २०६३ साल पौष महिनादेखि र्सार्बजनिक पुस्तकालय पनि सञ्चालनमा रहेको छ। हरेक साँझ पुस्तकालय खुल्ने गरेको छ। यस पुस्तकालयमा राजनैनिक पुस्तहरू उपलब्ध छन्। स्कुल कलेजमा पढ्ने र राजनितिमा रूचि भएकाहरूको लागि बिजुक्छे दरवारको पुस्तकालय साँझको समयमा राजनितिक ज्ञान हासिल गर्ने थलोको रूपमा बिकसित भैराखेको छ।
डेकोचा दरवार
चाँगु जाने बस स्टपमा रहेको सबैभन्दा ठुलो भवन नै डेकोचा दरवार हो। ख्वप कलेज र ख्वप उच्च माबि सञ्चालनमा रहेको छ। फुटवल मैदान समेत रहेको यस दरवारमा कक्षा एघार देखि स्नाकोतर तह सम्मको पढाइ हुने गर्दछ। यहाँ बिज्ञान, बाणिज्य र मानबिकी संकायका बिषयहरूको अध्ययन अध्यापन हुदै आएको छ।
हागेन दरवार
कलाकार रबिन्द्र पुरीले सीमेन्टको ढलान उप्काएर पुरानो शैली ढाले पछि हाल यो दरवार सञ्चार माध्यमा छाएको छ। दरवारमा हाल केही बिदेसीहरूको बसोबास छ। भक्तपुरको गछें टोलमा रहेको यस दरवारमा बिद्युतीय सुरक्षाका उपकरणहरू जडान गरिएका छन्। ब्यबासियक उदेश्यले बनाइएको यस भवनमा आर्ट ग्यालरी सञ्चालन गरिन लागेको छ।
गोल्मढी दरवार
नेपाल मजदुर किसान पार्टर्ीीे केन्दि्रय कार्यलय रहेको यस दरवार बाहिरी भाग प्लाष्टर गरिएको छ। बिश्व सम्पदासुचीमा समाबेश भएको यस दरवारलाई पुरानो संरचनामा ढाल्न आबश्यक रहेको छ। यहाँ पार्टर्ीी कार्यकर्ताहरू हरेक दिन घुइँचो लाग्ने गरेको छ। अन्य पार्टर्ीीण यहाँ आएको बेला पत्रकार बथान पनि यहाँ देख्न सकिन्छ।
धौभडेल दरवार
भक्तपुरको मंगलतर्ीथको वारी पट्टी यो दरवार रहेको छ। बिदेसी पर्यटकहरू राख्न यस दरवारमा होटेल सञ्चालन गर्न लागिएको छ। दरवार हनुमन्ते खोलाको किनार रहेको हुनाले, स्थानीय भक्तजनले दरवार धनीलाई होटेलको फोहर खोलामा नपठाउन अनुरोध गरेका छन्।
ताम्रकार दरवार
धनाढ्य केशव ताम्रकारको चासुखेलमा रहेको पुरानो घरलाई कलात्मक बनाउन करोडौं रूपिया खर्च भएको छ। चण्डेश्वरी मन्दिरसंग रहेको यस घरलाई मल्ल कालिन ढाँचामा ढल्काएको छ। भित्र भने सम्पर्ुण्ा आधुनिक उपकरणहर जडान गरिएको छ।
बिरूप दरवार
नब्वे सालको भुइचालो अघि भक्तपुर दरवारमा नौ तल्लेको बसन्तपुर दरवार थियो। यो दरवार भत्केको स्थानमा हाल पद्म उच्च माबिको भवन निमार्ण्र्ाारिएको छ। सम्पदा क्षेत्र भित्र रहेर पनि यसलाई संरक्षण नगरी बिरूप ढंगमा स्कुल भवन निमार्ण्र्ाारेको छ। स्कुलसंगै पुलिसको कार्यलयले समेत सम्पदा क्षेत्रको उपहास गरिरहेको छ। यस किसिमका बिरूप दरवारहरूको पुननिमार्ण्र्ाार्नु पर्ने भए पनि राजनैतिक खिचातानीको कारण सम्पदा क्षेत्र बिरूप बन्दै गएको छ।
डेरा दरवार
आन्दोलन र टोडफोडका कार्यक्रमको योजना बनाइने पार्टर्ीीार्यलयहरू रहेका डेरा दरवार राजनितिक कार्यकर्ताहरूको लागि महत्वर्ुण्ा रहेका छन्। भक्तपुरमा एमाले डेरा दरवार इटाछेमा छ, नेपाली काङग्रेसको दुधपाटी र एकीकृत माओबादीको सल्लाघारीमा छ। अन्य पार्टर्ीी चुनावमा मात्र डेरा लिने गरेका छन्।
श्याम धौभडेल दरवार
भेलुखेल टोलमा अस्पताल रहेको यस दरवार स्वास्थ्य सेवाहरू सञ्चालनमा छन्। यहाँ एक बृद्धाआश्रम समेत रहेको छ। सानो बाल बगैचामा बालबालिकाहरू खेल्न जाने गर्दछन्। दरवार भित्र रूद्राक्षका बोटहरू रोपिएका छन्।
आन्तारीक पर्यटन पर््रबर्द्धन गर्न यी दरवारहरूको प्रचारप्रसार गर्न आबश्यक रहेको छ। यसबाट यहाँको स्वास्थ्य, शिक्षा र सम्पदाको बिकास हुने निश्चित छ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।