Skip to main content

व्यापार चौपट पार्न नेताहरु उद्यत


-हेमशंकर सिंह, राजविराज, १८ असोज । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष कुश कुमार जोशीले सडक आन्दोलन गरेर व्यवसायीहरूको व्यापार चौपट पार्न उद्यत नेताहरू नेपाली जनतालाई नचाहिएको बताउनुभएको छ।
सप्तरी उद्योग वाणिज्य संघद्धारा दोषिको सम्मानमा राजविराजमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै वहा“ले सो कुरा बताउनुभएका हो।
नेता तथा सभासदहरूले संविधानसभामा आन्देालन गर्नुको साटो पटक पटक सडकमा आन्दोलन गरी व्यवसायीहरूलाई दुःख दिने काम गरीरहेकोले सो तत्काल बन्द गर्न समेत वहा“ले माग गर्नुभयो।
लगानीकर्तालाई निरूत्साहित गरिए विकास हुन नसक्ने कुरामा जोड दिंदै अध्यक्ष जोशीले राज्यमा ल एण्ड अर्डर कायम भए मात्र विकास हुन सक्ने बताउनुभयो।
लगानी गर्नेले सोको प्रतिफल नपाई चन्दा आतंकको नाममा अरूले प्रतिफल लिन खोज्ने वातावरणको निर्माण भईरहे लगानी हुन नसक्नेमा जोड दिदै अध्यक्ष जोशीले चन्दा आतंक मचाउने उपर कारवाही भए मात्र लगानी भित्रिन सक्ने विश्वास व्यक्त गर्नुभयो।
शान्ति सुरक्षा स्थापना गर्नुका साथै व्यवसायीहरूलाई समेत शान्ति सुरक्षा प्रदान गर्न गृहमन्त्रीको क्रियाकलाप सकारात्मक रहेको र शान्ति सुरक्षाको अवस्था पनि राम्रो हु“दै गएको धारणा समेत वहा“ले व्यक्त गर्नुभयो। स्वच्छ, स्वस्थ र स्वतन्त्र व्यवसायी संघले गर्न चाहेको बताउ“दै अध्यक्ष जोशीले सिन्डीकेट, सवारी कर जस्ता दोहोरो तेहरो कर हटाउन समेत सरकारस“ग माग गर्नुभयो।
कृषिजन्य पदार्थको निकासी कर गैर कानूनी रूपमा सप्तरीमा असुल्दै गरेको आफूले देखेको भन्दै सो तत्काल बन्द गराउन स्थानीय प्रशासनसंग आग्रह समेत गर्नुभयो।
सप्तरी उद्योग बाणिज्य संघका महासचिव सुरेश कुमार सिंहले सप्तरी जिल्लामा बन्द अवस्थामा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको संचालन गराउनुको साथै सप्तरीलाई विशेष आर्थिक क्ष्ँेत्रको रूपमा सुविधा प्रदान गराउन अध्यक्ष जोशीसंग माग गर्नुभयो।
नव आगन्तुक प्रमुख जिल्ला अधिकारी रामकृष्ण घिमिरेले जिल्लामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै आम जनतालाई सुरक्षाको अनुभूती गराउन आपसी सहकार्यको खा“चो रहेकोमा जोड दिनुभयो।
सोही अवसरमा संघका अध्यक्ष जोशी प्रमुख जिल्ला अधिकारी घिमिरे प्रहरी उपरीक्षक भुपाल कुमार भण्डारी र प्रमुख सेनानी पुरूषोत्तम विक्रम केसीले सप्तरी उद्योग वाणिज्य संघले नगरमा गर्न लागेका वृक्षारोपण कार्यक्रमको समेत सुभारम्भ गर्नुभयो। कार्यक्रम संघका का.वा. अध्यक्ष श्रीराम कावराको अध्यक्षतामा सम्पन्न भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।