वीरगंज, ६ पुष। वीरगंज उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गरी विभिन्न राजनीतिक दलहरुको आहवानमा बन्द हुने गरेको कारण औद्योगिक प्रतिष्ठानहरुलाई करोडौंको नोक्सानी व्यहोर्नुपर्ने रहेको तथा सरकारको करोडौको राजस्व ह्रास हुने गरेको कुरालाई दृष्टिगत गरी नेपाल उद्योग वाणिज्य महासंघ लगायत सम्बद्ध विभिन्न उद्योग वाणिज्य संघहरुले औद्योगिक प्रतिष्ठान बन्द गर्ने र बन्द गर्न लगाउने कार्यक्रममा कुनै पनि कामदारहरुले प्रतिष्ठानको काम छाडी बन्दका कार्यक्रममा भाग नलिन अनुरोध गरेको छ।
विज्ञप्तिमा बन्द कार्यक्रमका सहभागीहरुबाट विभिन्न उद्योग प्रतिष्ठानहरुमा जोर जबरजस्ती गरी प्रतिष्ठानमा बिदा गर्न सूचना जारी गर्न लगाउने, हातपात गरी औद्योगिक प्रतिष्ठान बन्द गर्न लगाउने जस्ता अमर्यादित घटनाहरु जानकारीमा आएकोले यस्ता कुराको वीउवासंघले घोर भर्त्सना गरेको उल्लेख छ। साथै बन्दका कार्यक्रममा कुनै प्रतिष्ठानका कामदार कर्मचारीले काम छाडी भाग लिन गएमा वा उद्योग प्रतिष्ठानमा हड्ताल गराएको अवस्थामा श्रमिक, कामदारहरु गैरहाजिर भएको ठहर गरी उक्त दिनको पारिश्रमिक भुक्तानी नगर्न अर्थात् नो वर्क नो पे को सिद्धान्त लागू गरिने महासंघको आह्वानप्रति ऐक्यबद्धता व्यक्त गर्दै सबै सम्बद्ध कामदार कर्मचारीहरुलाई आ-आप\mनो काममा लाग्न वीउवासंघले अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ।

Comments
Post a Comment