Skip to main content

नेपाली क्लब बहराइनको आठौं साधारण सभा सम्पन्न

सन्तोष दाहाल/बहराइन, ६ पुष। बहराइनमा नेपालीहरुको २०/२१ वटा संघ संगठन
भएपनि बहराइन सरकार संग दता भएको भने यो एकमात्र नेपाली क्लब हो र यही
क्लबको छातामुनी रहेर बिभिन्न संग संगठन नेपालीहरुले सञ्चालन गर्दैआएका
छन्। बहराइनमा नेपाली दुताबास नभएकोले यो क्लबले बहराइनमा कार्यरत
नेपालीहरुको बिभिन्न प्रकारका समस्याहरु समाधान गर्दै आएको छ।
यो क्लबले सातौं वर्षपुरागरी आठौं वर्षा प्रवेश गरेको छ। यस
क्लबले आठौं साधारण सभाको आयोजना गरेको थियो भने उक्त साधारण सभाका
सभापतित्व क्लबका अध्यक्ष श्री टंक बस्नेत ज्युले गर्नु भएको थियो भने
प्रमुख अतिथि क्लबका मानार्थ सदस्य श्री गम गुरुङ्ग ज्युले गर्नु भएको
थियो। बिभिन्न संस्था बाट पाल्नु भएका अध्यक्षहरु अतिथिकोरुपमा रहनु भएको
थियो। कार्यक्रम सञ्चालक क्लबका महासचिव श्री भेष बा. सेनले गर्नु भएको
थियो। क्लबको एक वर्षो कार्यप्रगति क्लबका महासचिवले गर्नु भएको थियो भने
क्लबको आर्थिक आय व्यय क्लबका कोषाध्यक्ष श्री दर्ुगा गिरीले गर्नु भएको
थियो। र अहीले क्लबमा मौजत ५,१८३/- बहराइन डीनार -लगभग नेपाली रु. दशलाख
छतीस हजार) रहेको कुरा बताउनु भयो। क्लबको आफ्नौ हलमा सञ्चालन गरीएको
उक्त कार्यक्रमको अन्त्य गर्दै तथा पहिलाको कार्यसमिति बिघटन गर्दै उक्त
साधारण सभाका सभापति एवं क्लबका भुतपर्ुव अध्यक्ष श्री टंक बस्नेत ज्युले
भन्नु भयो "धेरै समय देखी यस क्लबमा महासचिव तथा उपाध्यक्षको कार्य
सम्हाल्दै अध्यक्ष पद सम्म आईपुग्दा यो क्लब २३०० बहराइन डीनार घाटामा
रहेको थियो र म अध्यक्ष पद सम्हाल्दा देखीनै यस क्लबका लागि आर्थिक आय
आर्जन गर्ने बिभिन्न किसीमका कार्यहर्रुगर्दै आज सम्म ५,१८३/- बहराइन
डीनार जम्मा गर्न सफल भएको छु। मैले कार्यकालमा धेरै नै सामाजिक
कार्यहरुगरेको छु र आफ्नो कार्य व्यस्तताका कारण आज यो गरीमामय पद
छाडदैछु र आउने नयाँ कार्य समितिलाई सफताको कामना दिन चाहन्छु।"
यसैगरी क्लबको नयाँ कार्यसमितिको लागि चुनावको आवह्ान गरीएको
थियो र उक्त चुनावमा भाग लीन बिभिन्न महानुभावले बिभिन्न पदकालागि
दिनुभएको निवेदन अनुसार ति महानुभावहरु निर्वीरोध निर्वाचित हुनुभएको छ।
जसअनुसार अध्यक्ष श्री दर्ुगा गिरी, उपाध्यक्ष नगेन्द चाम्लीङ्ग, महासचिव
भगेन्द पुलामी, सचिव सन्तोष दाहाल, सहसचिव झम्क प्रसाद सापकोटा,
कोषाध्यक्ष श्याम पुन, सहकोषाध्यक्ष गोकुल गुरुङ्ग, खेलकुद सचिव छवीलाल
बिक, सांस्कृतिक सचिव अमृत गुरुङ्ग, व्यस्थापक सचिव भीम कुवर, सदस्य लाल
बा. कटवाल र सदस्य युवराज मगर हुनुहुन्छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।