रौतहट, ९ असार । रौतहट र सर्लाहीमा चटयाङ पर्दा दुइ बालकको मृत्यु भएको छ।
आज बिहान १० बजे सर्लाही, ओरही-७ सागरदिना टोलमा चटयाङ पर्दा किशोरी महत्तोको ३ वर्षीय छोरा रोहीत महत्तोको मृत्यु हुनुको साथै भलही गाविस वडा नं. -५ बस्ने सिताराम साहको २ वटा भैसी पनि मरेको छ।
त्यस्तै रौतहट, गौर-२ बस्ने नाग पासवानको घरमा चटयाङ पर्दा उनको १२ वर्षीय छोरा संजिव पासवान घाइते भएपछि उपचारको क्रममा बाटोमा नै मृत्यु भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment