वीरगंज, ९ असार । अज्ञात समूहले महोत्तरीमा एक र्सवसाधारण महिलामाथि गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ।
गए राति पौने १ बजे बगडा-८ मध्यपुरा बस्ने रामप्रकाश यादवको पत्नी इन्दल देवीलाइ हतियारसहित आएका एक दर्जन व्यक्तिले घरको मुलढोका फोडेर गोली प्रहार गरेको थियो।
पिठ्युमा गोली लागी गम्भीर भएकी इन्दलको जनकपुरमा उपचार भइरहेको छ भने गोली प्रहार गर्ने समूहको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment