भक्तपुर, ९ असार । भक्तपुरको बिश्वबिख्यात पांचतले मन्दिरबाट करीब सय मिटर ओरालो लागेपछि, फोहोर थुपार्ने स्थान हनुमन्ते खोला छ। त्यहां नपाले फोहर बस्तुबाट मल बनाउने भनिए पनि, उद्देश्यअनुसार कर्माचारीहरु खटाइएको छैन। सो ठाउंमा बर्षौंदेखि फोहर फाल्ने गरिदा स्थानीयबासीको स्थास्थ्यमा नकारात्मक असर परेको छ। फोहर फाल्न छुट्टाइएको कम्पाउण्डमा लगाइएको पर्खाल स्थानीयबासीले भत्कादिएका छन् । तस्विरमा पांचतले मन्दिरको तिनतला छाना समेत देखिएको छ।
यसरी फालिएका फोहरबस्तु सो स्थानमा नगरपालिकाले थुपार्दा भने हजारौं मानिसहरु प्रभाबित भएका छन्। यसबाट बर्षोनी डेढ लाख बिदेशी पर्यटकहरु प्रभाबित भएका छन्।
त्यसै गरी श्याम धौभडेल अस्पतालमा स्वास्थ्य उपचारको लागि जाने बिरामीहरु फोहरबाट निस्कने दुषित हावाको कारण रोगमा अझ जटिलता उत्पन्न हुने गरेको छ। यसै क्षेत्रबाट बिभिन्न कलेज र स्कुलकाका बिद्यार्थीहरु ओहरदोहर गर्ने गरेका छन् । वाल्यसे स्कुल, प्रदिप क्षेत्री सेकेण्डरी स्कुल, बिद्या बिकास माबि, काठमाण्डौं बिश्वबिद्यालय संगीत बिभाग, खोप कलेज, पद्म उमाबि आदिमा पढ्ने बिद्यार्थीहरु यहाको दुषित बाताबरण हुदै पर्ढाई गर्न बाध्य भएका छन्। -रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment