Skip to main content

खडेरीबाट आहत कृषकहरू

वीरगंज, ९ असार । लामो समयदेखि पानी नपरेपछि खडेरीबाट आहत भएका छन् कृषकहरु । आज बिहान कालो बादल आकाशमा मडारिएर पानी पर्ला जस्तो गरेपनि बादलहरु हराएर गयो। आज पनि पानी परेन र दिउंसोसम्म प्रचण्ड गर्मी  भयो।
नेपाल एक कृषि प्रधान देश हो तर कृषि जीवन निर्वाहका लागि मात्र गरिन्छ । वैज्ञानिक खेती प्रणाली अपनाएर व्यवसायिक खेती गरी खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने योजना, नीति र कार्यक्रम छैन । कूल जनसंख्याको लागि ५ महिनालाई पुग्ने खाद्यान्न मात्र नेपालमा उत्पादन हुन्छ, बा“की नपुग खाद्यान्न भारतबाट वैध र अवैध रूपमा आयात भइ आपर्ूर्ति भइरहेको छ । नेपालमा भारतमा जस्तो एक वर्षा लागि आप\mनो देशको कूल जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्नको बफर स्टक राख्ने नीति आजसम्म छैन । हिजोआज लामो खडेरीका कारण खाद्यान्न संकटको प्रबल संभावनालाई जाने बुझेका ठूला खाद्यान्न व्यापारीले खाद्यान्नको स्टक गरी दिन गुना रात चौगुनाले मूल्य वृद्धि गरी उपभोक्ताको नाजायज शोषण गरी मुनाफा कमाइरहेका छन् । बजार अनुगमन गर्ने निकाय मौन छ भने असंगठित रूपमा रहेका उपभोक्ताहरू पनि खाद्यान्न विक्रेताले कायम गरेको मूल्यलाई सहज ढंगले स्वीकार गरीरहेका छन् । उपभोक्ता आन्दोलनलाई हा“क्दै आएका उपभोक्ता संघ, संस्थाहरू पनि बढ्दो मूल्य वृद्धि, खाद्यान्नको संकट र लामो खडेरी प्रति अलिकति पनि चिन्तित देखिदैनन् । 
खडेरीको मारमा परेर आहत भएका हिमाल, पहाड र तर्राईका कृषक जनताहरूलाई तत्काल राहतका लागि प्याकेज कार्यक्रम कृषि मन्त्रालयले दिइ खडेरीबाट उत्पन्न हुने खाद्यान्न संकटको जोहो बेलैमा गरी उपभोक्ताहरूलाई राहत दिन नेपाल सरकारले विशेष चासो दिने बेला आएको छ । 
यतिखेर हिमाल, पहाड र तर्राई पूरै सुख्खा छ । मनसुन वषर्ामा भर परेर खेती गर्नुपर्ने नेपालको अवस्थामा मनसुन परिवर्तन, जलवायू परिवर्तनको ठूलो असर यतिखेर परिरहेको छ । खडेरीले खानेपानीको मुहान, खोलाको पानी सुक्दै गइरहेको छ । पानीको मात्रा खोलामा सुक्दै गएबाट जलविद्युत् उत्पादनमा समेत ठूलो असर परि लोडसेडिङको समय बढ्दै गइरहेको छ । खानेपानीको जताततै हाहाकार मच्चिएको छ । खेतबारीमा वषर्ात् नहुनाको कारण बाझैं छन्, कतिपय स्थानमा लगाइएको तरकारी, मकैबाली, धानको ब्याड सुकेको छ । 
मनसुन वषर्ा असार महिनाको १५ गते आइपुग्न लाग्दा समेत नभएबाट मुलुकभर र्सर्ूयको तापक्रम बढेर जमिन तातेर सहन नसक्ने प्रचण्ड गर्मीको पीडा सहेर नेपाली जनताहरू बा“चीरहेका छन् । प्रचण्ड गर्मीसंगै घाउ, खटिरा, नानाथरिका रोगको महामारी भइरहेको छ । पशुपंक्षी, गाइबस्तु र वनस्पति सबै प्रचण्ड तापमा पिल्सिरहेका छन् । मनसुन वषर्ा पर््रयाप्त हुनुमा श्रावण महिना पर्खनुपर्ने स्थिति छ । श्रावण महिनासम्म गर्मीको पीडाबाट धेरै मानिसको मृत्यु समेत हुन सक्दछ । खेतबारीमा लगाइएको बाली सुक्दै जाने र नया“ बाली लगाउन पानी नभएको कारण खाद्यान्न संकटसंगै र मूल्य वृद्धि हु“दा पनि सरकार जवाफदेहिता र उत्तरदायित्वबाट पन्छिरहेको पाइन्छ । 
वषर्ात्को अभावमा घा“ससमेत नउम्रिनाले गाइवस्तु समेत आहारा खान र पानी पिउन नपाएर मर्ने अवस्था आउ“दैछ । यस्तो गम्भीर र विषम अवस्था आउ“दा समेत माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल सरकार आम कृषक, उपभोक्ताहरूको हितमा भन्दा आप\mनो निहित स्वार्थमा सम्पर्ूण्ा समय खेर फालेर नेपाली जनताहरूलाई जीवन-मरणको दोसा“धमा पुर्‍याइरहेको छ । 
खडेरी पीडित किसानहरूलाई राहत दिने सरकारी निर्ण्र्ााकेवल बालुवामा पानी खन्याउने जस्तो मात्र हुनेछ । उपलब्धिमूलक हुनै सक्दैन । राहतका नाममा सिमित व्यक्तिहरूलाई भ्रष्टाचार गर्ने ढोका भने अवश्य खुल्नेछ । 
सरकारले र्सवप्रथम बजारको अनुगमन गरेर खाद्यान्न स्टक र बजार मूल्य, आपर्ूर्तिको अवस्थाका बारेमा आम नागरिकलाई यथार्थ जानकारी गराइ दूखको विपत्तिको घडीमा धर्ैयता अपनाउन, खाद्यान्न संकट र खडेरीबाट उत्पन्न हुने परिस्थितिलाई शान्तिपर्ूण्ा र सामान्य बनाउन अग्रिम तयारी गर्नु पर्दछ । पाखोमा लगाइएको मकैबाली सुकेको छ भने खेतमा धानको रोपाइ“ हुने अवस्था नै छैन, अनि कसरी हुन्छ खाद्यान्न संकटको समाधान - मुठी खाएर मुरी उब्जाउने असार महिनामा धान रोप्ने खेतमा कमिला हिंड्दछ भने यो भन्दा ठूलो प्राकृतिक विपत्ति के होला - 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।