Skip to main content

ऐतिहासिक धार्मिकस्थल राम-जानकी मन्दिर जीर्ण हुंदै

- अजय यादव
वीरगंज, ८ पुष। ऐतिहासिक धार्मिकस्थल जनकपुरको रामजानकी मन्दिर लगायत अन्य मठ-मन्दिर, पार्टर्ीीैवा आदि जीर्ण हुंदै गएपछि धार्मिक स्थलको संरक्ष्ँण गर्ने जिम्माबाट सरकार पन्छिरहेको रामजानकी मन्दिरका पूजारीको आरोप छ। नेपालको प्रमुख ठाउं जनकपुरधामका रामजानकी मन्दिरका ७० वर्षीय मूलपूजारी पं. भुवनेश्वर मिश्रका अनुसार विश्वमा प्रख्यात रहेको रामजानकी मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीहरूले मठ-मन्दिरको दुरावस्था देखी आफूसंग गुनासो गरेको बताएका छन्। निकै वर्षेखि सो क्ष्ँेत्रमा पसल संचालन गर्दै आएको धीरेन्द्र झाले नेपालमा अहिले राजनीतिक खिंचातानी भइरहेको बेला ऐतिहासिक एवं धार्मिक स्थलहरू पनि मासिदै गइरहेको बताए। रामजानकी मन्दिरका मूलपूजारी पं. भुवनेश्वर मिश्रका अनुसार मैले यस मन्दिरमा विसं. २०३८ सालदेखि हालसम्म पूजारीको रूपमा काम गर्दै आइरहेका छन् तर सरकारको तर्फाट यस मन्दिरको लागि अहिलेसम्म कुनै ठोस योजना नभएकोमा दुःख व्यक्त गर्नुभयो।
रामजानकी मन्दिर प्राचीनकालदेखि नै रहेको त्यहांका स्थानीयवासीले बताएका छन्। भगवान राम र सीताको विवाह जनकपुरमा भएको धर्मशास्त्रमा उल्लेख छ। भगवान राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् भने सीता जनकपुरका राजा जनककी छोरी रहेको रामायणमा प्रष्ट उल्लेख छ। मन्दिरको अवस्था दिनपरदिन जीर्ण बन्दै गइरहेको छ तर नेपाल सरकारले अहिलेसम्म कुनै ध्यान नदिएको मूल पूजारी मिश्रको आरोप छ। पुरानो शैलीमा बनेका मन्दिरमा रंगरोगन सबै उप्किएका छन्। ढोकाहरूको अवस्था पनि त्यस्तै बन्न पुगेको छ। धाराको उचित व्यवस्था नरहेको त्यहां दर्शन गर्नका लागि सिरहाबाट आएका रामेश्वर साह, दिनेश यादव, ललिता देवी, बबिता झा लगायतले यस दैनिकलाई बताए।
विवाह मण्डपको अवस्था केही हदसम्म राम्रँे भए पनि सजिसजाउ गर्न नसकिएपछि मन्दिरका व्यवस्थापन पक्ष्ँले सोचे अनुसारको कार्य गर्न सकिरहेका छैनन्। फाल्गुणमा जनकपुर आउनेहरूको संख्या उल्लेखनीय हुने कपडा व्यापारी रामनिवास झाले बताए।
नेपाल सरकार तथा अन्य गैर सरकारी संस्थाले यसतर्फध्यान पुर्‍याए भने जनकपुरधामलाई पर्यटकीय स्थल बनाउन सकिने जनकपुरस्थित जानकी एफएमका रमेशकुमारले बताए । उनका अनुसार जनकपुरको बाह्रविघाबाट पूर्वमा रहेका मन्दिरलाई संरक्षण गरियो भने नेपाली र जनकपुरवासीहरूको कल्याण हुनेछ। जनकपुरमा चारवटा भन्दा बढी एफएमहरू संचालन रहेको टुडे एफएमका वृजकिशोर यादवले बताए । उनले जनकपुरलाई ऐतिहासिक एवं धार्मिक स्थल सावित गर्नको लागि यथेष्ठ प्रमाणहरू रहेको बताए। जनकपुर नेपालको धार्मिकस्थल भए तापनि सबैको मन, मष्तिष्कमा बस्न सकोस्। रामजानकी मन्दिरले सबैको कल्याण गर्न सकून्। चांडै नेपालीहरूको चाहना अनुसार सबै कुरा पूरा हुन सकोस् यही कामना रामजानकी मन्दिरका ७० वर्षीय मूल पूजारी पं. भुवनेश्वर मिश्रले गरेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।