वीरगंज, २८ असार । तेश्रो लिंगीले आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउने अधिकार हुनुपर्ने मांग गरेका छन्।
आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाज पर्साले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको सवालमा मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गरेका हुन्।
अवधारणा पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अन्य सिमान्तकृत तथा अल्पसंख्यक समुदायजस्तै छुट्टै पहिचान, मान्यतासहितको विशेष आरक्षण दिनुपर्ने, तेश्रो लिंगीले आफनो लैंगिक पहिचान सहित तेश्रँे लिंगीको नागरिकता प्राप्त गर्ने अधिकार हुनुपर्ने, रोजगारी, सामाजिक सुरक्ष्ँा र सामाजिक न्याय, समुदायको संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छुट्टै आयोगको व्यवस्था र आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनुपर्ने उल्लेख छ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, क्लबका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए।

Comments
Post a Comment