Skip to main content

बजेटलाई ठूलो आकार दिए अर्थतन्त्रमा नकारात्मक असर पर्छ -अर्थविदहरु

काठमाडौं, २८ असार। अर्थविदहरुले बजेटको आकार अत्याधिक बढाउनु व्यवहारिक र प्राविधिक रुपमा उपयुक्त नहुने टिपप्णी गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा बोल्दै बजेटको आकार अत्याधिक बढाउदा अर्थतन्त्रमा नकारात्मक असरहरु पर्नसक्ने खतरा औल्याए।
र् अर्थविद डा.विश्वम्भर प्याकुरेलले बजेटको आकार अत्याधिक बढाउनु उपयुक्त नहुने बताए। उनले भने, बजेटको आकार २९० अर्ब पुर्‍याए राज्यशक्तिले थेग्न सक्दैन। ५० अर्बको घाटा बजेट हुनसक्ने भविष्यवाणी गर्दै अर्थतन्त्रनै जोखिममा पुग्नसक्ने बताए। देशमा वित्तीय संकट आउनसक्ने भन्दै अति महत्वाकांक्षी नबन्न आग्रह गरे।
नेकपा माओवादीका नेता एवं अर्थविद् डा.डिल्लीराज खनालले बजेटको आकार ठूलो बनाइए आर्थिक प्रणालीनै भताभुंग हुनसक्ने बताए। सरकारका अर्थमन्त्री गलत ढंगले रकम खर्च गरेर आर्थिक खर्च बिगार्न शुरु गरिसकेको आरोप लगाउ। उनले भने, अर्थमन्त्रीको कार्यशैलीले अर्थतन्त्र भताभुंग हुने अवस्था आउने लक्षण देखिन्छ।
र् अर्थविद डा.शंकर शर्माले बजेटको आकार बढाउनुभन्दा पनि अर्थतन्त्रको दीगो विकास हुनेगरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। बजेट कार्यान्वयनमुखी र धान्न सकिने खालको हुनुपर्ने बताए।
र् अर्थविद एवं बजेट निर्माण सुझावका कमिटिका सदस्य पोषराज पाण्डेले बजेटको आकार धेरै बढाउदा समस्या आउनसक्ने बताए। बढीमा २८० अर्बको बजेट हुनुपर्ने जोड दिदै भने, बजेटको परिमाण ठूलो बनाउदा स्रोतले धान्न कठिन हुन्छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।