Skip to main content

शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षमा पुर्‍याइने अरे

-मोल भट्ट
ँशान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याइने छ र निश्चित समयमा संविधान निर्माण हुनेछ।’- यो अभिव्यक्ति नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रवार नेशनल मेडिकल कलेज वीरगंजको समुदघाटन समारोहमा संवोधन गर्दै व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु नेपाली जनता हर्षे विभोर हुनु हो। त्यहां उपस्थित नागरिकहरूको तालीको गडगडाहटले त्यही संकेत गर्दै थियो। आशा गरौं प्रधानमन्त्रीको बचन र्सार्थक होस्।
तर सो भनाइ व्यवहारमा फलिभूत हुन भने सन्देह छ। एउटा निर्धारित कार्यक्रममा उडेर आइपुग्नु त हाम्रो प्रधानमन्त्रीलाई २ घण्टा ढिलो हुन्छ भने राज्यको मूल कानून निर्माण गर्न कति ढिलो होला - करिब दुइ महिनामा पर्ूण्ाता पाउन नसकेको मन्त्री मण्डलको अवस्थाबाट प्रधानमन्त्रीलाई ज्ञात नै होला - भने प्रश्नसूचकले नेपाली मनमा जरा नगाढी रहन सक्दैन।
समयको पाबन्दीलाई लत्याउने नेपालीहरूको बानीले परिवर्तनको सम्भावना दिनप्रतिदिन क्षिण बन्दैछ भने प्रधानमन्त्रीको अभिव्यक्ति आकाशको फल नबनोस्।
धेरै कार्यक्रमहरूको नजरअन्दाज गर्ने अवसर पाएको यो कलमजीवीले कृष्ण पहाडीको शान्ति समाजको कार्यक्रम मात्र निर्धारित समयमा भएको भेटेको छ। बांकी राजनीतिक दल, राजनीतिककर्मी, मन्त्री, प्रधानमन्त्री सम्मको कुनै कार्यक्रम निर्धारित समयमा भएको भेटेको छैन।
नेशनल मेडिकल कलेजको कार्यक्रममा नै स्वतस्फर्ूत रूपमा पाल्नुभएका ४-४ जना मन्त्रीहरूको बोलीले राज्यको अवस्था गम्भीर मोडमा भएको अवगत गराइयो। तर पल-पलको समयको मूल्य चुकाउन नहुने वर्तमान अवस्थामा एउटै कार्यक्रममा ४-४ जना मन्त्री र निर्धारित समयमा संविधान निर्माण गर्ने प्रधानमन्त्रीको बोलीको र्सार्थकता नभएको दर्शकदर्ीघाबाट कटाक्ष गरिदै थियो।
कार्यक्रममा अतिथि भएर पाल्नुहुने त्रिभुवन विश्व विद्यालयका अध्यक्ष रामप्रसाद उप्रेतीले संवोधनको क्रममा नै प्रधानमन्त्रीको मिनेट मिनेट समयले सही मार्ग निर्देश गर्ने जिकिर गर्दै प्रधानमन्त्रीलाई एउटा कवर्डहलमा २-३ घण्टा थुनेर राख्न नहुने तर्क पेश गर्दा प्रधानमन्त्रीको पनि मुख खुम्चिएको थियो। यहां नेशनल मेडिकल कलेजको उदघाटनमा प्रम लगायत मन्त्रीहरू आउनु हुंदैन भन्न खोजिएको किमार्थ होइन। तर समयको गम्भीरता र मन्त्रीहरूको सम्मान अनि उदघाटन मोहप्रति देखिएको सदासयता र दौडाहा माथि अतिथिबाटै आएको अभिव्यक्ति र दर्शक दिर्घर्ााे र्समर्थन अनि राज्यको वर्तमान अवस्थासंग जोडिएको मात्र हो।
मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दिन अंसारीले देखेको आप\mनो सपना जसरी फलिभूत पार्नुभयो त्यसैगरी प्रधानमन्त्रीले पनि उदघाटन र स्वागतमा नलागी नयां नेपालको सपना साकार पार्न सपना देख्नै पर्ने र सपना साकार पार्न प्रधानमन्त्रीको भूमिका अहम हुनै पर्ने वीरगंजवासीको ठहर छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।