-भरत पाण्डे । चितवन, ०१ असार/ नेपाली कांग्रेशका कार्यकर्ता गोविन्द पौडेलको हत्यारालाई तत्काल कारवाहि गर्न माग गर्दै दवाव समुहले गरेको बन्दका कारण चितवन विहानै देखि ठप्प छ। हत्यारालाई पक्रन र कारवाही गर्न प्रशासनले नसकेको भन्दै आज एक दिनका लागि दवाव समूहले जिल्ला बन्दको आह्वान गरेको हो । बन्दका कारण चितवनका बजार क्षेत्रमा यातायातका साधनहरु चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, बजार, कलकारखाना सवै बन्द छन् । भरतपुर-१० निवासी "गोपी" भनिने गोविन्दको हत्या भएको एक महिना बितिसक्दा पनि प्रशासनले हत्यारा पत्ता लगाउन सकेको छैन । हत्या भए लगत्तै पटक-पटक प्रशासनलाई घचघच्याउँदा पनि यसको बेवास्ता गरिएको आरोप समूहले लगाएको छ । दवाव समूहले भोलि विहान सांढे १० वजे चितवन जिल्ला अदालतमा धर्ना दिने कार्यक्रम समेत तय गरेको छ । गत जेठ ४ गते हतियारधारी समूहको आक्रमणबाट गोविन्दको ज्यान गएको थियो।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment