Skip to main content

भक्तपुरमा यौन पर्यटनको तयारी

भक्तपुर, १ असार। द्वन्द्वको समयमा नेपालका ग्रामीण क्षेत्रका युवतीहरु भागेर शहरी क्षेत्रमा पलायन भएका थिए। यिनीहरु मध्ये केही भक्तपुरका र्सर्ुयबिनायक, डाँगाचा, डेकोचा, सल्लाघारी, लिवाली, कमलबिनायक, ब्यास्ाी, नगरका भित्रीभाग र डेकोचामा बसेर यौन ब्यापार सग्लग्न हुने गरेका छन्। बाध्यताबस यस पेसा संग्लग्न भएकाहरु गाउँ फर्किने अबस्था अझै पनि छैन। सरकारले ल्याएको २०११ सालमा ल्याउने १० लाख पर्यटकहरु मध्ये केही आफ्नो ग्राहक बन्न कुरामा भक्तपुरका यौनकर्मी महिलाहरु ढुक्क छन्। उनीहरु मध्ये केहीले यहाँका केही ठुला होटेलहरुको सर्म्पर्कमा बिदेसी ग्राहक अहिले पनि पाइरहेको कुरा सुनाए।
हालसम्म गैरकानुनी रुपमा रहेको यो ब्यबसायको बारेमा खुलेर बहस गर्न यहाँका पर्यटन ब्यबसायीहरु तयार छैनन्। नाम उल्लेख गर्न नचाहने एक पर्यटन ब्यबसायीका अनुसार भक्तपुरमा प्रचार गरिएको सास्कृतिक पर्यटनको स्कोप नसकिसकेकोले यौन पर्यटनलाई नै मुल उदेश्य लिए मात्र यहाँको पर्यटन उद्योग धान्न सकिने दाबी गरे।  
यहाँका पर्यटन ब्यबसायीहरुले भक्तपुरलाई नयाँ पदयात्रा गन्तब्य बनाउन खोजे पनि यहाँको प्रदुशित बाताबरणको कारण बाताबरणबिदहरुले असँम्भव हुने बताए। चारैतिर भट्टाले घेरिएको जिल्लामा पर्यापर्यटनको कुरा हाँसोको बिषय भएको छ। भट्टा ब्यबसाय आरालो लागे पछि पर्यटन ब्यबसायमा आएका ब्यक्तिहरु नै अहिले पर्यापर्यटनको मन्त्र जपेर बसेका छन्।
यहाँका अधिकास यौनकर्मी बिगतमा माओबादीको कारण बिस्थापित भएका हुन। अव माओबादीले ल्याएको २०११ मा तिनीहरुले यौनकर्मी कै हैसियतमा बिदेसी ग्राहकलाई सेवा गर्न पाउने इच्छा राखेका छन्। माओबादी कार्यकर्ताहरुसंग उनीहरुले यस कुरा जानकारी गराइ यौन पेसालाई कानुनी गर्न माग गरेका छन्। पर्यटन उद्योगलाई देशको मुख्य उद्योग मानेका देशहरुमा यौन पेसालाई बैधानिकता दिइएको छ। नेपालका पर्यटन ब्यबसायीहरुले पनि २०११ सम्ममा यो पेसालाई बैधानिक नदिए, यहाँ पर्यटन उद्योग नफस्टाउने दाबी गरेका छन्।
भक्तपुरको भित्री क्षेत्रमा रात्री समय बिताउन पर्यटकहरुले रुचि नदेखाउदा यहाँ यौन पर्यटन बिकास गर्न बाधा रहेको पर्यटन ब्यबस्ाायीहरु बताउछन्। हालसम्म त काठमाण्डौं बाटै यौनकर्मी झिकाइ यौनको लागि आउने पर्यटकहरु नगरकोटतिर जाने गरेका छन्। आगामी दिन नगरकोटले मात्र यौन पर्यटकहरु धान्न नसकिने भए पछि भने जिल्लाका कटुञ्जे, सिपाडोल र नगरकोट हुदै मेलम्ची, फुलचोकी, धुलिखेल, गोदावरी, पनौती र साँखु जाने पदमार्गहरु सञ्चालन गर्न तर्फयहाँका पर्यटन ब्यबसायीहरु लागि परेका छन्। बाटोमा पर्ने क्षेत्रहरुमा यौन गन्तब्यहरुको निमार्ण्र्ाार्ने उनीहरुको लक्ष्य छ। -रविन राचलिका हरित समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।