असार १ काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्ना स्थानिय नेता राजेन्द्र फुयाँलको रहस्यमय हत्या भएको विरोधमा आज काठमाडौं बन्द गराएको छ ।
बन्दका कारण विहानैदेखि काठमाडौंमा सार्वजनिक तथा नीजि सवारी साधन चल्न सकेका छैनन । बजार तथा कलकारखाना बन्द रहेका छन् भने शिक्षण संस्था पनि खुलेका छैनन् । बन्दको प्रभाव सहरको भित्री भागसम्म परेको छ । सडकमा सुरक्षा नीकाय प्रेस एम्बुलेन्स बाहेकका सवारीसाधन चलेका छैनन् ।
विहानै देखि सडक र चोक चोकमा माओवादी कार्यकर्ता जम्मा भएर बन्द गराएका हुन् ।
बालाजु क्षेत्रमा भने बन्दकर्ताले प्रहरीको सवारीसाधन समेत चल्ल दिएका छैनन् ।
काठमाडौं जिल्ला सेक्रेटरी शैलेन्द्र श्रेष्ठले जेठ २८ गतेदेखि संपर्क विहीन रहेका जिल्ला सचिवालय सदस्य फुँयाल जेठ ३१ गते शिक्षण अस्पतालको शव गृहमा फेला परेको बताउनुभएको छ । प्रहरीले काठमाडौको धर्मस्थलीमा अचेत अबस्थामा फेला पारेर ल्याईएको र अस्पतालले मृत घोषणा गरेको जनाए पनि हत्या रहस्यमय भएको माओवादीको भनाई छ ।
माओवादीले घटनाको सत्य तथ्य सार्बजनिक गरि हत्यारालाई कारबाही गर्न दवाव दिन बन्द आव्हान गरिएको जनाएको छ । यसैविच राजेन्द्र फुयाँलेको हत्याका विषयमा छानविन गर्न माओवादलिे आजै छानविन समिति गठन गर्ने भएको छ ।

Comments
Post a Comment