वीरगंज, १६ असार । पर्सा जिल्लाको ग्रमीण अर्थतन्त्रलाई सबल बनाउनु थोक तरकारी बजारको स्थापना गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषि उपज सेड निर्माण तथा अन्य सुविधा विकास व्यवस्थापन सम्बन्धमा वीरगंज उद्योग वाणिज्य संघ, स्थानीय निकाय, वस्तुगत संघ संस्थाहरु संग सहकार्य गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्साले जानकारी गराए अनुसार कृषि उपज बजार सेड निर्माण कार्यका लागि गठित उपभोक्ता समितिको संयोजकमा वीउवासंघका का.स.सदस्य नरेश कुमार टिवडेवाल, सचिव श्रीमति मधुराणा, कोषाध्यक्ष सुरेश अग्रवाल तथा सदस्य सचिवमा सुनिल कुमार कण्ठ समेत गरी १३ जना सदस्य रहनु भएको छ । गठित समितिले सम्बन्धित निकायमा सर्म्पर्क तथा समन्वय गरी सेड निर्माण कार्यलाई त्रि्रता प्रदान गर्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
Comments
Post a Comment