काठमाडौं, १६ असार । एकीकृत नेकपा माओवादीका संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले वर्तमान सरकार छिट्टै ढल्ने भविष्यवाणी गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै माधवकुमार नेपाल नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको बताए। सरकार ढाल्नु नै माओवादीको एकमात्र लक्ष्य भएको बताए।
नागरिक सर्वोच्चतामाथि प्रहार गरेर सरकार बनेको भन्दै आफै ढल्ने दाबी गरेका हुन्। आन्तरिक कलहबाट सरकार ढल्ने दाबी गरे। वर्तमान सरकार नागरिक सर्वोच्चतामाथि प्रहार गरेर सम्राज्यवादीको सहयोगमा बनेको हो, प्रकाशले भने, यो सरकारलाई ध्वस्त पारेर हाम्रो नेतृत्वमा नयां सरकार बनाउछौं। देश र जनताको विपक्षमा सरकार बनेको भन्दै टिक्ने कुनै आधार नभएको बताए।
राष्ट्रिय सरकार बनाउन सबै दलसंग कुराकानी अगाडि बढाएका छौं । सत्तारुढ दलहरुभित्रै वर्तमान सरकारप्रति त्रि्र असन्तुष्टि रहेको दाबी गर्दै राष्ट्रि्य सरकारको विकल्प नभएको बताए। राष्ट्रि्य सरकारको नेतृत्व आफ्नो दलले गर्ने उनको भनाई थियो। राष्ट्रिय सरकारमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने बताए । सरकारमा माओवादीका तर्फाट भावी प्रधानमन्त्री को भन्ने प्रश्नमा कुनै निर्ण्र्ाानभएको बताए।
Comments
Post a Comment