भक्तपुर, १६ असार। भक्तपुर दरवारमा रहेको सुनढोका केही मिटर अगाडि स्थानीय पर्यटन ब्यवसायीहरूले फोहर थुपार्ने गरेको छ।
यसवाट सुनढोका अशोभनीय देखिएको छ। त्यहां शिव गेष्ट हाउस, प्यालेस रेष्टुरेण्ट, दिनेश बाबु हाडा स्टोर आदिले फोहर फाल्ने गरेको छ।
फोहर फालिएकै स्थानमा पर्यटन ब्यवसायीहरूका बिलासिताका सवारी साधन पनि पार्किङ गर्ने गरेको छ। यसरी पर्यटकीय क्षेत्रलाई पार्किङ स्थल बनाउने पर्यटन ब्यवसायी मध्ये नीलकृष्ण ताम्राकार र कपिलदेव बनेपाली मुख्य हुन। सो फोहर थुपारिएको ठाउं हंुदै पर्यटकहरू सुनढोकाबाट पांचतले मन्दिर जानेका गरेका छन्।
सम्पदा क्षेत्रमा फोहर थुपार्न काम रोक्ने दायित्व बोकेको नगरपालिकाले यस बिषयमा कुनै वास्ता लिएको छैन। -रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment