Skip to main content

शान्ति-सुरक्षाको प्रत्याभूतिः पर्खाइको बिषय

-महेशचन्द्र गौतम

वीरगंज नगरमा बिग्रिएको शान्ति सुरक्षाको अवस्थालाई सुधार गर्छु न्ने बात हांक्ने पर्साका प्रजिअ, वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रहरी उपरीक्षकले कहिलेसम्म स्थानीय वासिन्दाहरुलाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउने हुन्, पर्खाइको विक्षय भएको छ।
शहरको मुटु मानिने आदर्शनगर क्षेत्रका व्यापारी, र्सवसाधारण मात्र नभइ नगर क्षेत्रको अन्य स्थानका बासिन्दाहरु समेत अपराधिक क्रियाकलापबाट अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको वृद्धिले सरकारको मातहतमा रहेका सुरक्षाकर्मी प्रमुखहरुको योजनालाई धोती लगाएको भान हुन थालेको छ।
यसरी नगर क्षेत्रमा बढ्दै गएको अपराधिक क्रियाकलापलाई सुधार गुर खोक्रो प्रतिबद्धता जाहेर गर्ने सुरक्षा निकायले राज्यद्वारा प्रतिबन्धित गरिएको विस्फोटक पदार्थ वैवाहिक कार्यक्रममा हिजै मात्र निरन्तर २५ औं पटक पडकाएर नगरवासीलाई आतंकित तुल्याउने कार्य गर्दा समेत उक्त कार्यउपर रोक लगाउन नसकेबाट वर्तमान सुरक्षा निकाय प्रमुखको काबिलियतसमेतलाई नागरिक समाजसमक्ष प्रष्टयाएको छ ।
बिग्रिदै गएको शान्ति सुरक्षाको अवस्थालाई सुधार गर्ने चुनौति रहेको पर्साको सुरक्षा निकायले एक मोटरसाइकलमा तीन व्यक्ति सवार, बिना हेलमेट सवारी चलाउने, मोटरसाइकलका नम्बर प्लेटमा बसन्ती र शोले चलचित्रको संवाद लेखी हिंड्ने, नम्बर प्रष्ट नदेखिने, बिना लाइसेन्स सवारी गुडाउने, वन-वे नियम तोड्ने, अनटेस्ट लेखिएका मोटरसाइकल लामो समयसम्म चलाउन दिइने जस्ता प्रत्यक्ष देखिने कार्यको नियन्त्रण नगर्न सक्नुलाई नागरिक समाजले कुन रुपमा हर्ेर्ने यस्ता प्रश्न पनि उठ्न थालेका छन्।
डिउटीमा खटिएका प्रहरी, ट्राफिक प्रहरी कामप्रति इमान्दार नभइ घण्टौं मोबाइलमा कुरा गर्ने जस्ता क्रियाकलाप अझैं देख्न सकिने अवस्थाले सुरक्षा निकाय प्रमुखको लाचारीपनलाई दर्शाउंछ भन्दा अत्युक्ति नहोला।
यस परिस्थितिमा वर्तमान सुरक्षा निकाय प्रमुखहरुले आप\mनै क्षेत्रबाट सुधारको प्रक्रिया थालनी गरी ट्राफिक प्रहरी लगायत सुरक्षाका लागि खटाइने अन्य प्रहरीहरुलाई चुस्त, दुरुस्त बनाइ परिचालन गरेमा नागरिक समाजले अवश्य पनि सुरक्षाको प्रत्याभूति पाउंछन् भन्ने कुरामा दुइमत नहोला। वर्तमान परिस्थितिमा
सवारी ट्राफिक व्यवस्थापन दुरुस्त पार्ने एवं पट्का जस्ता विस्फोटक पदार्थ वैवाहिक कार्यक्रममा पड्काउन नपाइने परिपत्र जारी गरी सो कार्यउपर रोक लगाउन सकिए मात्रै भने पनि त्रासमय वातावरणबाट नागरिक समाजले छुटकारा पाइ केही हदसम्म सुरक्षाको प्रत्याभूति हुने नागरिक समाजका बौद्धिक व्यक्तिहरुको धारणा छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।