-उत्तम खड्गी
वीरगंज, २८ मंसिर । मधेशी जन अधिकार फोरम नेपालको जनसभाको विरोध गर्दै मधेशी जन अधिकार फोरम मधेशले उपेन्द्र यादवलाई कालोझन्डा देखाइ वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका छन्।
फोरम मधेश पर्साका अध्यक्ष केदारप्रसाद साहको नेतृत्वमा रहेका कार्यकर्ताहरुले कालो पहिरन लगाइ उपेन्द्र यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए।
Comments
Post a Comment