Skip to main content

सीमा क्षेत्रमा अपराधिक क्रियाकलापलाई बढावा

वीरगंज, २९ मंसिर। जिल्लाका ग्रामीण भेग एवं वीरगंज नगरभित्र बढ्दै गएको अपराधिक क्रियाकलापका बावजूद नेपाल-भारत मितेरी पूल नजिकै रहेको रक्सीको अवैध भट्टी संचालन हुनु तस्करीका सामान भित्रिनु, नम्बर इन्ट्रीका नाममा इनर्वा प्रहरी चौकीद्वारा असूलिने नजरानाको भरमा सवारीसाधन चेकजांच बिना छाडिने अवस्थाले पनि अपराधिक क्रियाकलापलाई बढावा दिएको त होइन भन्ने चर्चा चल्न थालेको छ।
कानूनी मान्यता, शून्य भएको वर्तमान परिस्थितिमा अपराधीहरुले खुलेआमरुपमा उल्लेखित क्रियाकलापहरु गर्न पाउनुबाट पनि यस स्थितिले बल पाएको अडकल काटिन थालेको छ। वीरगंज भन्सारको मूल नाकाबाटै खुलेआमरुपमा साइकल, टांगा, रिक्सा, ठेला एवं मोटरसाइकलहरुमा अट्ने प्रकृतिका अवैध सामान वीरगंज भित्र्याउने अवस्थाले सुरक्षा स्थितिलाई असर पार्ने रहंदा समेत नियन्त्रण गर्ने सम्बन्धित निकायका केही व्यक्तिहरुको संलग्नताले सो कार्य खुलेआमरुपमा भइरहंदा समेत कसैको ध्यान नपुग्नु आफैमा आर्श्चर्यलाग्दो भएको छ।
वारदातका घटना हुंदा सुरक्षा स्थितिको बारेमा प्रश्न उठाउने नागरिक समाजले यस्ता कार्यउपर नियन्त्रणका लागि आवाज उठाउन नितान्त रहेको बौद्धिक वर्गको राय छ । अनुशासनविहिन बन्दै गएका सुरक्षाकर्मीको सांठगांठमा हुने सामाजिक अपराधबाट पनि ठूलो अपराधको जन्म हुने कुरा हेक्का रहंदा समेत राजनीतिक तहतप्काका व्यक्तिहरु सम्बन्धित निकाय प्रमुख, संचारकर्मी, नागरिक समाजले यस्ता विक्षयमा कुनै आवाज नउठाउनाले पनि अपराध वृद्धिको श्रंृखलालाई लम्ब्याएको हो भन्नु अनुपयुक्त नहोला।
समाजलाई असर पर्ने खालका क्रियाकलापउपर जिम्मेवार पक्षले आवाज उर्ठाई नियन्त्रण गर्ने प्रयासमा जुटेका निकायलाई सघाउ पुर्‍याउने दायित्वबाट पन्छिने परिपाटी बढ्दै जानुले पनि सामाजिक अपराधको क्रमबद्धतालाई बढाएको छ।
यसरी भइरहेको अपराधिक क्रियाकलापविरुद्ध नियन्त्रण गर्ने निकायलाई जानकारी गर्राई सहयोग पुर्‍याइ तिनीहरुका गतिविधिउपर निगरानी गरेमात्रै पनि अपराधका घटनाहरुमा कमी आउने भएको हुंदा समाजका अगुवा वर्ग लगायत र्सवसाधारण समेतले यस्ता कुरामा आजदेखि नैं ध्यान पुर्‍याउन जरुरी छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।