Skip to main content

जनसंकल्प पब्लिकेशनले ५ जनालाइ पुरस्कृत गर्ने

काठमाडौं, ३१ जेठ । विगत ७ वर्षेखि नेपाली पत्रकारिताको दुनियांमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र देशको उन्नति तथा प्रगतिको पक्षमा निरन्तर पहरेदारी गर्दै आएको जनसंकल्प पब्लिकेशन प्रा.लि. ले केही महिनाअघि २५ लाख रुपैयांको मार्गदर्शन फाउन्डेशन अक्षयकोष स्थापना गरी विविध ५ विद्याका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गर्ने जनाएअनुरुप यस वर्ष पत्रकारिता क्षेत्रमा लागी शान्ति, विकासमा निरन्तर लागिरहने व्यक्तिमध्येबाट एक, नेपाली भाषी अन्तर्रर्ााट्रय व्यक्तित्वमध्ये एक, प्रशासनतर्फका एक उत्कृष्ट प्रशासक, उद्यमी व्यवसायीतर्फा एक र गीतसंगीतको क्षेत्रका उत्कृष्ट एक व्यक्तित्व गरी जम्मा पांच व्यक्तिलाई मार्गदर्शन सम्मान प्रदान गर्ने निर्ण्र्ाापब्लिकेशनको बैठकले गरेको छ।
यस वर्षो मार्गदर्शन सम्मान पाउने व्यक्तित्वहरुमा पत्रकारिताको क्षेत्रमा लागेर नागरिकलाई सुसूचित गर्न गर्न अहोरात्र लागिरहने वरिष्ठ पत्रकार युवराज घिमिरे, विदेशी भूमिमा रहेर नेपाल र नेपाली जनताको हितमा निरन्तर खटिरहने एनआरएनका अध्यक्ष डा. उपेन्द्र महतो, नेपाली प्रशासनको क्षेत्रमा इमानदारीका साथ कार्य गर्ने सचिव शंकर कोइराला, नेपाली अर्थतन्त्रलाई समृद्ध तुल्याउन दिनरात नभनी लागिरहने इन्टरनेशनल मनि एक्सप्रेस -आइर्एमई) का अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाली गीतसंगीतको क्षेत्रमा उत्कृष्ट योगदान प्रदान गर्नुहुने वरिष्ठ संगीतकार आलोक श्रीलाई जनही रु. २५ हजार नगद र ताम्रपत्र प्रदान गरिनेछ। यो पुरस्कार आगामी साउन ४ गते मार्गदर्शन खबरपत्रिकाको सातौं वर्षप्रवेशको अवसर पारेर एक विशेष कार्यक्रममार्फत् प्रदान गरिनेछ अध्यक्ष/सम्पादक दीपक पाठकले जानकारी गराउनुभएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।