Skip to main content

मेरो कार्यकालमा पत्रकारले असुरक्षित हुनुपर्दैन-प्रधानमन्त्री

काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कार्यकालमा कुनैपनि संचारकर्मीले असुरक्षित हुनुनपर्ने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा बालुवाटार पुगेको क्लबको प्रतिनिधिमण्डलसंगको भेटमा उनले प्रेसमाथि प्रहार गर्न खोज्ने जोकसैमाथि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिए ।
म प्रधानमन्त्री रहदा कुनैपनि संचारकर्मीले असुरक्षित महशुश गर्नुपर्दैन, नेपालले भने, पत्रकारहरुको हक, अधिकार र सुरक्षाका लागि सरकार सधै प्रतिवद्ध छ । अहिले मुलुकका सामु ठूलो चुनौती रहेको भन्दै प्रेसको महत्वपर्ूण्ा भूमिका रहने बताए । चुनौतीहरुको सामना गर्न प्रेसबाट ठूलै सहयोग हुने आशा व्यक्त गरे ।
पत्रकारहरुमाथि भएको दर्ुर्व्यवहारको विरोधमा एक घण्टा बालुवाटारमा धर्ना दिएपछि पत्रकारको हक अधिकारको माग लिएर पुगेको क्लबको प्रतिनिधिमण्डललाई प्रेसको अधिकार सुनिश्चित गर्न गम्भीर भएको बताए । उनले भने, तपाईंहरुको माग जायज छ, म पूरा गराउनेतर्फलाग्छु । पत्रकारलाई सुरक्षाको व्यवस्था गर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनेतर्फनिर्देशन दिइसकिएको बताए । दोषीमाथि कारबाही गर्ने नाममा धेरै आयोग बनेपनि प्रतिवेदन कार्यान्वयन नभएको भन्दै आफू काममा लाग्ने बताए ।
संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने दायित्व बोकेको भन्दै त्यसलाई पूरा गराएरै छाड्ने बताए । सहमति र सहकार्यको विकल्प नभएको बताउदै भने, सहमति र सहकार्य बनाएर देशमा नयां संविधान निर्माण र दीगो शान्ति स्थापनाको लक्ष्य पूरा गरिछाड्छु । सरकारले दीगो शान्तिका लागि चालेको कदममा आफूलाई प्रेसको ठूलो सहयोग हुने आशा व्यक्त गरे । आफू कुराभन्दा काम बढी गर्ने योजनाका साथ अगाडि बढेको बताए । देशमा कामभन्दा कुरा बढी भएको उल्लेख गर्दै भने, अब कुरा हैन, परिणाममुखी काम गर्ने बेला हो ।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले पत्रकारहरुले असुरक्षाको महशुश गरिरहेकाले सरकारले गम्भीरता देखाउनुपर्ने बताए । पत्रकारको हत्या र आक्रमण बढ्दै गएकाले त्यसतर्फआवश्यक कदम चाल्न माग गरे । प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकाल सफल भई देशले दीगो शान्ति र नयां संविधान प्राप्त गर्नसक्ने आशा व्यक्त गरे ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।