Skip to main content

मोफसलका सञ्चारगृह र श्रमजीवी पत्रकारहरुको अवस्था

काठमाण्डौं, ३१ जेठ । प्रकाशन समाज रुपन्देहीको प्रतिनिधी मण्डलले आईतवार प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा रेग्मी, सूचना विभागका महानिर्देशक श्रीधर गौतम, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द आचार्य लगायतलाई भेटेर प्रकाशन समाज रुपन्देहीसंग सम्बद्ध सञ्चारगृहहरुमा नेपाल सरकारद्धारा जारी श्रमजीवी पत्रकार ऐनको पर्ूण्ारुपमा कार्यान्वयन गरीएको जानकारी गराउदै मोफसलका सञ्चारगृह र श्रमजीवी पत्रकारहरुको अवस्था वारे अवगत गराएको छ।
आज प्रकाशन समाज रुपन्देहीका अध्यक्ष एवं दैनिक जनसंर्घष्ाका सम्पादक वालकृष्ण चापागाईको नेतृत्वमा गएको टोलीमा प्रकाशन समाज रुपन्देहीका उपाध्यक्ष तथा मेचिकाली दैनिकका कार्यकारी प्रमुख नर्वुलामा, समाजका सचिव एवं बुटवल टुडे दैनिकका प्रवन्ध सञ्चालक नवराज कुंवर, समाजका सदस्य एवं नवतिलोत्तमाका व्यवस्थापक विष्णु भण्डारीलगायतका सदस्यहरुको सहभागिता रहेको थियो।
प्रकाशन समाजको प्रतिनिधी मण्डलले राखेका विभिन्न जिज्ञाशाहरुका वारेमा धारणा व्यक्त गर्दै प्रेस काउन्सिलका अध्यक्ष नारायण प्रसाद शार्माले नेपालको लोकतान्त्रिक तथा प्रेस स्वतन्त्रताको आन्दोलन मोफसलका सञ्चारगृह र सञ्चारकर्मीहरुको उल्लेख्यनिय भूमिका रहेको चर्चा गर्दै लोकतान्त्रिक गन्तव्यको संस्थागत विकासमा फेरी संर्घष्ा गर्नु पर्ने दायित्व विर्सन नहुने धारणा व्यक्त गर्नु भयो ।श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गरेकोमा प्रकाशन समाज रुपन्देहीलाई सरहना गर्दै रुपन्देहीले उदारहणीय कार्यगरेकामा धन्यवाद दिनुभयो।
सूचना विभागका महानिर्देशक श्रीधर गौतमले सूचना विभागको निर्देशनलाई रुपन्देहीले तत्काल कार्यान्वयन गरेकोमा प्रशंसा गर्नु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द आचार्य तथा केन्द्रिय सचिव रामजी दाहालले प्रकाशन समाज रुपन्देहीले पत्रकारीतामा मोफसलका समस्या बारे महासंघलाई जानकारी गराएकोमा धन्यवाद दिंदै श्रमजीवी पत्रकार ऐन लागू गरेकोमा रुपन्देही का सञ्चार प्रतिष्ठान बधाईका पात्र छन भन्नु भयो । प्रकाशन समाज रुपन्देहीले मंगलवार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी ज्ञापन पत्र दिने कार्यक्रम रहेको सचिव नवराज कुंवरले बताउनुभएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।