काठमाडौं, ३१ जेठ । चर्चित गायक यम बराले आफूमाथि नियोजित रुपमा षड्यन्त्र भएको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बरालले हालै पत्रपत्रिकामा घरमा काम गर्नेमाथि श्रम शोषण गरेको भनी गलत र कपोकल्पित प्रचारप्रसार गरिनुलाई षड्यन्त्रको एउटा रुपका रुपमा विश्लेषण गरे।
कपोकल्पित समाचारबारे भ्रममा नपर्न आग्रह गर्दै त्यस्ता क्रियाकलापप्रति सचेत हुन आग्रह गरे । गायक बरालले आफू सामान्य परिवारमा जन्मिएर हालको स्थानमा पुगेको उल्लेख गर्दै भने, मलाई विचलित बनाउने अभ्रि्रायले कपोकल्पित प्रचारवाजी गरिएको हो।
६ महिना अगाडि आफ्नो घरमा हरेक हप्ताको शनिबार सीता तामाड. भन्ने युवती लुगा धुने काममा आउनेगरेको उल्लेख गर्दै उसलाई प्रयोग गरी श्रम शोषणको कपोकल्पित आरोप लगाइएको बताए। घरमा चोरी भएपछि अनुसन्धानका क्रममा सीतालाई पनि प्रहरीले सोधपुछ गरेको बताउदै त्यही रिस पोख्न सुनियोजित रुपमा षड्यन्त्रहरु भएको बताए। आफूले कसैमाथि श्रम शोषण नगरेको भन्दै प्रमाणित गर्न चुनौती दिए । उनले भने, मैंले कसैमाथि शोषण गरेको भए प्रमाणित गरुन्, जुनसुकै सजाय भोग्न तयार छु । जुनसुकै षड्यन्त्रलाई चिरेर आफ्नो लक्ष्यमा अगाडि बढिरहने बताए।

Comments
Post a Comment