Skip to main content

नागरिक सर्वोच्चताको पक्षमा र शैक्षिक माफियाहरुको विरुद्ध

-ज्ञानेन्द्र शर्मा,
लिवाङ रोल्पा पौष २१ गते ।अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले आफ्नो संगठन नागरिक सर्वोच्चताको पक्षमा र शैक्षिक माफियाहरुको विरुद्ध लडिरहेको बताउन भएको छ।
अखिल क्रान्तिकारी जिल्ला संगठन समिती रोल्पाको १९ औं जिल्ला सम्मेलनलाई आज लिवाङमा सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले यस्तो बताउनु भएको हो।
सबै क्षेत्रमा हावी रहेको साम्राज्यवाद र सामन्तवाद अन्त्य नहुँदासम्म विद्यार्थी आन्दोलन राजनीतिक शैक्षिक हुने अध्यक्ष न्यौपानेले स्पष्ट पार्नुभयो।
आन्दोलनको दिशा जनताको जनगणतन्त्र स्थापना गर्नु रहेको बताउँदै ठूलो बलिदान पछि प्राप्त गणतन्त्र पनि अभिजात्य वर्गका लागि मात्र हुन थालेकाले जनगणतन्त्रका लागि अर्को संर्घष्ा गर्नुपर्ने स्थिति आएको बताउनु भयो।
अध्यक्ष न्यौपानेले गरिब विद्यार्थीहरुले अध्ययन गर्ने भनेर चिनिने त्रिभुवन विश्व विद्यालयलाई विघटन गर्ने षड्यन्त्र भइरहेको बताउनु भयो।
विश्व विद्यालयलाई विघटन गर्न शैक्षिक माफियाहरुले चौतर्फी घेराबन्दी गरिरहेको उहाँले खुलासा गर्नुभयो। शैक्षिक माफियाहरु त्रिभुवन विश्वविद्यालयको जागीर खाने तर बाहिर ठूलाठूला शैक्षिक पसल थापेर बस्ने गरेको उहाँले आरोप लगाउनु भयो।
अध्यक्ष न्यौपानेले सत्तासीन दलहरुले आफ्ना संगठनका विद्यार्थीहरुलाई सत्ता अनुकूल परिचालन गरिरहेको बताउनुभयो। त्रि.वि.ले शुल्क वृद्धि गर्दा र प्रमाण-पत्र तहलाई हटाउने निर्ण्र्ाागर्दा त्यस विरुद्धको आन्दोलनलाई तुहाउन अनेरास्ववियू र नेवि संघका विद्यार्थीहरु भित्री रुपमा लागि परेपछि त्यसको पुष्टी भएको दावी गर्नुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।