वीरगंज, २१ पुस। वीरगंज उपमहानगरपालिका एवं मासु विक्रेता संस्थाबीच बाख्रीको मासु खुल्ला रूपले लेखि बिक्री गर्न पाउने सहमति भएतापनि मीना बजारस्थित रहेका बगरेहरूले बाख्रीलाई खसी बनाई खसीको मासुसरहको मूल्यमा बेचबिखन गरिरहेको गुनासो उठेको छ।
मासु बिक्रेताहरूको सामूहिक छाता संगठनसंग वीउमनपाले गरेको सहमति अनुरूप बाख्रीको मासु उल्लेख गरी बिक्री गर्न पाइने एवं खसीको मासुको मूल्य भन्दा सस्तोमा बिक्री गर्नुपर्ने सहमतिका बावजुद बाख्रीलाई खसी बनाई ग्राहकलाई झुक्याएर बिक्री गर्ने कार्यमा संलग्न रहेका मासु-माछा संघ पर्साका अध्यक्ष अन्सार मियांले आफनै दाजु रक्सार मियांमार्फत बाख्रीमा अण्डकोष सिएर खसी बनाई बिक्री गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताले गत शुक्रवार पक्राउ गरेको हो।
यसरी ग्राहकहरुलाई झुक्याएर महंगो दरमा बाख्रीलाई खसीसरह बिक्री गर्ने कार्यमा सक्रिय रहेका बगरेहरूलाई सम्बन्धित निकायले नियन्त्रण गर्नुपर्ने स्थानीय उपभोक्ताहरूको गुनासो छ।

Comments
Post a Comment