Skip to main content

कर्मचारीको तलब बढ्दैन

काठमाडौं, ३१ असार। अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले स्रोतको अभावका कारण कर्मचारीको तलब बढाउन नसकिएको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दे तलब वृद्धि गर्न सकिने अवस्था नभएकाले मूल्य वृद्धि नियन्त्रणमा सरकार केन्द्रित हुने बताए।
तलब वृद्धि गर्न सकिने अवस्था छैन, आचार्यले भने, एक प्रतिशत तलब वृद्धि गर्दा मात्र पनि सरकारलाई झण्डै ११ अर्बको भार पर्छ जुन थेग्न सकिदैन। कर्मचारीको तलब समायोजन गरी भत्ता उपलब्ध गराउने उनको भनाई थियो। विगतमा तलब वृद्धि गर्दा पिएनको तलब नायब सुब्बाको भन्दा बढी हुने अवस्था देखिएबाट समायोजन गरेर मात्र प्रक्रिया थालिने बताए। मन्त्रिपरिषदले समायोजनको टुंगो लगाएर भत्ता घोषणा गर्ने उनको भनाई थियो। प्रधानमन्त्री फर्किएलगत्तै तलब समायोजनको निर्ण्र्ााहुने बताए।
बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताए। करमा छूट दिने र करको दायरामा बढीभन्दा बढीलाई समेट्ने कार्यक्रम ल्याइएको बताए। बजेट कार्यान्वयन हुने दाबी गर्दै सबैले सहयोग गर्नुपर्ने बताए।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं अर्थविद डा.विजय पौडेलले बजेटमा नयाँ प्रयोग भएकोले उत्साहप्रद परिणाम आउने दाबी गरे। विगतका सकारात्मक कार्यक्रमलाई समेटेर नयां कार्यक्रम समेत ल्याइएको भन्दै कार्यान्वयन हुनेमा आशंका नगर्न आग्रह गरे।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले निजी क्षेत्रका केही भावना सम्बोधन गरेपनि कार्यान्वयनमा चुनौती रहेको बताए। कर प्रणालीमा गरिएका परिवर्तन कार्यान्वयन गरेर देखाउन आग्रह गरे।
र् अर्थविद पृथ्वीराज लिगलले समग्रमा बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए। स्थानीय तहमा रकम खर्च नहुने परिपाठी अन्त गर्नुपर्ने भन्दै ठेक्कापट्टटामा थप सुधारमा जोड दिए।
उद्योगी प्रदिपमान वैद्यले बजेटले महँगी नघट्ने अवस्था सृजना गरेको बताए। कर छूट गरेजस्तो देखिएपनि विभिन्न कर लगाइएकाले मूल्य नघट्ने तर्क गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।