-रामहरि ओझा-
डोटी, ३१ असार। खप्तड राष्ट्रिय निकुञ्ज वरिपरि रहेका सेनाका सुरक्षा पोष्टहरू पुनःस्थापना नहुंदा चोरी सिकार मौलाउंदै गइरहेको छ। यसअघि सुदूरपश्चिमका अछाम, डोटी, बाजुरा र बझाङ जिल्लाको सिमानामा पर्ने खप्तडमा निकुञ्जको वरिपरि आठ ठाउंमा सेनाका पोष्टहरू स्थापना गरिएका थिए।
द्वन्द्वको समयमा विस्थापित भएका पोष्टहरू पुनःस्थापना नहुंदा चोरी सिकारी बढ्दै गैरहेको स्थानीय बासिन्दाहरू बताउंछन्। हाल डोटी जिल्लाको झिग्राना र खप्तडमा मात्र सेनाको क्याम्प रहेको छ। निकुञ्जको खुल्ला सिमाना भएकोले सिकारीहरू प्रवेस गरी वन्यजन्तु मार्ने गरेका छन्। निकुञ्जको वरिपरि दुनी, सापराबेटारा, सार्पा, बाब्लालगायत आठ ठाउंमा रहेका सेनाका पोष्टहरू द्वन्द्वको समयमा झिग्राना र खप्तडमा केन्द्रित भएका छन्।
सुरक्षा पोष्टहरू पुनःस्थापना नहुंदा खप्तडमा बदेल, भालु, कस्तुरी मृगलगायत अन्य जनावरको चोरी सिकारले दिनंहु वन्यजन्तुको सङ्ख्या घट्दै गैरहेको स्थानीय बासिन्दा भैरू कामीले बताए।

Comments
Post a Comment