डोटी, ३१ असार । तोलेनी गाविस सेलधारामा अवस्थित देवि प्राथमिक बिद्यालयमा भवनको अभावका कारण पानी पर्दा र चर्को घाम लाग्दा बन्द हुने गरेको छ। बिद्यालयमा चार कोठे एक भवन र दुइ कोठे एक भवन गरी जम्मा ६ कोठा भए पनि दुइ कोठे भवनको छाना हावाहुरीले उडाएको र चारकोठे भवन पनि पुरानो भएका कारण पानी पर्दा चुहिने गरेको स्थानीय गंगादेवी रावलले वताईन।
तीनवटा राहत शिक्षक कोटा भएको सो बिद्यालयमा पठनपाठन राम्रो होस भन्नका लागि समुदायले स्थानीय स्रोतवाट तलव भत्ता खानेगरी दुइ जना शिक्षक समेत राखेका छन र भवन अभावका कारण पठनपाठन पूर्ण रूपमा अवरूद्ध छ भने चार कोठे पनि पानी पर्दा चुहिने, माथि माथिबाट माटो खस्ने गरेको छ।

Comments
Post a Comment