वीरगंज ११ भदौ । नेपाल बैंक लिमिटेड सिटी अफिसका निमित्त व्यवस्थापक रामहरि मूलको सरुवाको मांग गर्दै आज कर्मचारीले बैंकको कारोबार ठप्प पारेका छन्।
आज बिहानैदेखि कर्मचारीले बैंकको कारोबार ठप्प पारेपछि सर्वसाधारण मर्कामा परेका हुन्।
मूलले जेनेरेटरको नाममा कमिशन खानुको साथै विभिन्न षडयन्त्र गरेको आरोप लगाउंदै विरोधमा कर्मचारी उत्रिएका हुन्।
बैंकका कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी व्यवस्थापक मूलको सरुवाको लागि केन्द्रीय कार्यालय काठमाडौंमा पठाउदासमेत कुनै पहल नभएको कर्मचारीले गुनासो गरे।

Comments
Post a Comment