वीरगंज ११ भदौ । भारत निकासी गर्न प्रतिबन्धित छाला ३ कन्टेर सुख्खा बन्दरगाह भन्सारले पक्राउ गरेको छ।
आज बिहान पक्राउ गरेको सो तीनवटा कन्टेनरमा मासु भनि छाला लुकाइ भारत निर्यात गर्न लागिएको हो।
काठमाडौं एयरपोर्ट भन्सार कार्यालयले चेकजांच गरी सिलबन्दी छाप लगाई निर्यात योग्य बनाइ पठाएको सो कन्टेनरमा छाला रहेको एक व्यापारीले लिखित उजुरी गरेपछि बन्दरगाह भन्सारले बाध्य भइ निर्यातमा रोक लगाएको हो।
Comments
Post a Comment