Skip to main content

भारतीय प्रहरी पक्राउ ‘गुपचुप’ रिहा


वीरगन्ज,११ भदौ/ अत्याधुनिक हतियारसहित पक्राउ परेका भारतीय प्रहरीको एक समूह वडा प्रहरी कार्यलय वीरगन्जबाट ‘गुपचुप’ रिहा भएका छन्। युपी ६४–१६४१ नं. को स्कारपिओ गाडीमा आएका उनीहरुलाई वडा प्रहरी कार्यालय विर्ताले बिहीबार बिहान ९ बजे हतियारसहित घन्टाघरबाट पक्राउ गरेको थियो। भारतीय महावाणिज्य दूताबास वीरगन्जका अधिकारी जोन सिल्सी र जिल्ला प्रहरी कार्यालय पर्साका नायव प्रहरी उपरीक्षक मसाउद अलि खानबीचको आधा घन्टाको ‘गोप्य’ कुराकानीपछि उनीहरु आफैंले गाडी चढाएर पौने १२ बजे सीमावर्ती भारतीय सहर रक्सौलतर्फ लगेका हुन्। उनीहरुको तस्बिर लिन सञ्चारकर्मीले अनुमति पाएका थिएनन्।

प्रहरीले हतियारसमेत सञ्चारकर्मीलाई देखाएन। उक्त घटनाबारे पर्साका प्रमुख जिल्ला अधिकारीले भने कुनै जानकारी नरहेको बताए। ‘मलाई यसबारे केही थाहा छैन ‘, प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताए। पक्राउ परेका उनीहरु उत्तर प्रदेशको शक्तिनगरस्थित विना थानाका प्रहरी उपनिरीक्षक विनोद मिश्रा , सिपाही रामसुन्दर मौर र रमेश सिंह रहेको प्रहरीले बतायो। साथै उनीहरुको साथमा अन्य एक एनवल हक र चालक रंजित सिंह थिए। उनीहरुले आफू अपराधी पक्राउ गर्न नेपाल प्रवेश गरेको दावी गरेका छन्। त्यसरी दावी गरे पनि उनीहरुले प्रहरीका सामुन्ने भएजति पैसा छोड्न आफू तयार भएको तर कसैलाई नभन्न आग्रहसमेत गरेका थिए। हल्ला भएमा आफूहरुको जागिर जाने उनीहरुले सुनाएका थिए। सादा पोसाकका उनीहरुबाट २ थान इन्सास र त्यसमा लाग्ने म्यागजिन १६० गोली साथै थ्रि नट थ्रि राइफल १ थान र त्यसमा लाग्ने ५० राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुबाट रिभल्वर १ थान र त्यसमा लाग्ने ५ थान गोलीसमेत बरामद भएको वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक कमल रजौरेले बताए।

भारतीय प्रहरीको गाडीमा विभिन्न किसिमका बेहोस पार्ने औषधि इन्जेक्सनहरु फेला परेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।