वीरगंज ११ भदौ । गणेश चतुर्थी हिन्दुहरुको पावन पर्व हो । विश्वको प्रत्येक भागमा हिन्दुहरु भिन्न भिन्न ढंगले परम कृपालु भगवान गणेश प्रति आफनो आस्था प्रकट गर्ने गर्दछन् । भारतको महाराष्ट्रमा मूर्तिहरु स्थापित गरेर कलात्मक उत्सवको रुपमा यो पर्व मनाउने गरिन्छ।
यस वर्ष वीरगंजका केही आस्थावान व्यक्तिहरुले महाराष्ट्रको परम्पराको सिको गरेर यस नगरमा पनि गणेश चतुर्थीको पंडाल बनाएर भजन जागरणको आयोजना गरेका थिए। तर यो काम फोहरी ढंगले गरिएको छ। आयोजकहरुले ठाउँ ठाउँमा सडक छेउमा लाउड स्पीकर झुण्डयाएका थिए । यस्ता लाउड स्पीकरबाट बिहान ६ बजे देखि रात्री ११ बजेसम्म भारतीय फिल्मी धुन भजन बजाएर ध्वनी प्रदूषण फैलाउने काम गरिएको थियो। त्यो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको अनुरोधको बावजुद आयोजकहरुले लाउड स्पीकर बजाउन बन्द गरेनन्। स्थानीय बासिन्दाहरुले स्थानीय स्वायत शासन ऐनको दफा ९६ अनुसार तोकिएको काम कत्र्तव्य अनुरुप जगदीश साउण्ड सर्भिस माथि कारवाही गर्न नगरपालिका कार्यालयमा आवेदन पेश गरेका छन्। नगरपालिकाले आफ्नो कत्र्तव्यको निर्वाह कुन प्रकारले गर्छ यो हर्ने बाँकी छ ।
धार्मिक अनुष्ठानको नाममा ध्वनी प्रदूषण फैलाउने व्यक्तिले धर्मको मर्म नै नबुझेको निश्चित छ । यस्ता पाखंडीहरुलाई कुनै प्रकारको सहयोग नगर्न स्थानीय बासिन्दाहरुले वीरगंजवासीहरुलाई अनुरोध गरेका छन् । धर्मको मर्म बुझ्ने व्यक्तिले धार्मिक अनुष्ठानको नाममा समाजमा अशान्ति र प्रदूषण फैलाउने काम गर्दछ भन्ने सम्बन्धित निकायले दोषी माथि कानूनी कारवाही गर्न हिचकिचाउन हुँदैन ।
Comments
Post a Comment