Skip to main content

ुराष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना

काठमाडौं ३१ भदौ। एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको सरकार नहटेसम्म नागरिक सर्वोच्चता स्थापित हुन नसक्ने बताएका छन्। बुधबार रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले माओवादी आपुनै पार्टीको नेतृत्वमा सरकार बनाउने पक्षमा रहेको दाबी गरे।

ुहाम्रो आन्दोलनको मुख्य लक्ष्य आपुनै नेतृत्वको राष्ट्रिय सरकार बनाउने होु कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वमा सरकार बनाउने योजना भइरहेको छ नि भन्ने प्रश्नमा उनले भने ुकांग्रेस नेतृत्वको सरकार बनाउने कुरा गलत हो हामीले अन्य विकल्पको कल्पना समेत गरेका छैनौं।ु

उनले राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाए मुलुकमा ठूलो दुर्घटना हुने बताए। श्रेष्ठले नागरिक सर्वोच्चता स्थापनाका निम्ति प्रमुख दलहरुले पहल नगरे जनआन्दोलनले नै माधव नेपाललार्य बर्खास्त गर्ने दाबी पनि गरे।

अब राष्ट्रपतिको असंवैधानिक कदम नसच्चाई र नागरिक सर्वोच्चता स्थापित नगरी संसद् चलाउनुको कुनै अर्थ छैनु उनले भने ुसंसदको अवरोध माओवादीले होइन वर्तमान सरकार र प्रमुख दुई पार्टी कांग्रेस-एमालेले गरेका हुन्।ु

रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने कांग्रेस प्रस्ताव माओवादीको संकल्प प्रस्ताव तुहाउने कुतर्क मात्र भएको बताए। राष्ट्रपति हटाउने या पद खारेज गर्ने मुद्दा माओवादीको नभएको उनको भनाइ थियो।

ुराष्ट्रपतिले कटवाल प्रकरणमा गल्ती भएको भनी आत्मालोचना गरे र सरकारले असंवैधानिक कदमको जगमा बनेको स्वीकारे संसद खोल्न सकिन्छु उनले भने ुतर तीन दलको बैठकमा कांग्रेस एमालेले पहिलेको कुरा बिसे्रर संसद चलाउने नयाँ सहमति खोज्ने बताइरहेका छन्। हामी बीचको सहमति खोज्ने पक्षमा छौं।ु

कांग्रेस र एमालले माओवादीलाई एक्लाउने घेराबन्दी गर्न धम्काउने तसा्रउने राष्ट्रवादी शक्तिबाट विचलित गराएर आपुू जस्तै आत्मसमर्पणवादी दलाल बनाउने जनमुक्ति सेनालाई विसर्जन र विघटन गराउने अनि संसदीय यथास्थितिवादमा अल्झाउने प्रतिक्रान्ति षड्यन्त्र गरेको आरोप लगाए।


Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।