Skip to main content

माओवादी पर्साको दुइ दिने बैठक

वीरगंज ३१ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी पर्सा जिल्ला संगठन समितिको दुइ दिने बैठक मंगलवारदेखि स्थानीय गोपाल मण्डलीमा सुरु भएको छ।

१५१ जना सदस्य रहेको जिल्ला संगठन समितिको बैठकको अध्यक्षता एनेकपा माओवादी पर्साका इन्चार्ज छत्रबहादुर श्रेष्ठ ँअनिल ले र बैठक संचालन सेक्रेटरी विनोद काफ्लेले गर्नुभएको थियो।

सो बैठकका प्रमुख अतिथि एनेकपा माओवादी पोलिटब्युरो सदस्य एवं मधेश राज्य समितिका इन्चार्ज भीमप्रसाद गौतमले पार्टीको आवश्यक निर्देशन दिनुहुँदै पर्साको नेतृत्वमा कमी कमजोरी छ सुधि्रने मौका दिइन्छ नसुधि्रए पार्टी कारबाही हुन्छ। संसारभरिका प्रतिकि्रयावादी एक भएर नेपाली क्रान्तिकारी माओवादीलाई सिन्ध्याउन चाहन्छन् तर इमान्दार कम्युनिष्ट नैतिकताका कारण कहिल्यै हामी सिद्धिदैनौं भन्नुभएको थियो।

उहाँले मधेशी समस्याको हल गर्न सक्ने एक मात्र पार्टी एनेकपा माओवादी नै हो पद र पैसाका लागि मरिहत्ते गर्नेहरु इमान्दार कम्युनिष्ट बन्न सक्दैनन् माओवादी नेता कार्यकर्ता नेपाली जनताको आँखाको नानी बन्न सक्नु पर्दछ भन्नुभएको थियो।

भोजपुरा राज्य समितिका इन्चार्ज अंजना विशंखेले मधेशलाई क्रान्तिकारी रणभूमि बनाउन भोजपुरा राज्यलाई क्रान्तिकारी संगठनमा रुपान्तरण गर्न र भारतको बिहारी संस्कृतिको हावाबाट अलग गराएर कम्युनिष्ट व्यवस्था टिकाउन विश्वमा कम्युनिष्ट आन्दोलन स्थापित गर्न माओवादी संगठन तत्पर रहेको बताउनुभयो।

उहाँले भारतीय विस्तारवाद र प्रतिकि्रयावादीको बढी चलखेल हुने थलो पर्साको वीरगंजमा माओवादी गतिविधिका लागि केन्द्रीत गरिएको बताउनुभयो।

भोजपुरा राज्य समितिका सहइन्चार्ज क। अटलले आगामी विद्रोहको भूमिकाको लागि पर्सा जिल्लाको मोर्चा अति उपयुक्त रहेको र जनताको संघीय गणतन्त्र नेपाल स्थापना गर्न माओवादी निकै अगाडि बढीसकेको भन्नुभएको थियो।

सो बैठकमा जन वर्गीय संगठन जातिय मोर्चाका इन्चार्ज र सहइन्चार्जहरुलाई आ-आपुनो क्षेत्रको रिपोर्टिङ गर्न दिइएको थियो।

रिपोर्टिङ गर्नेहरुले गूट र फूटका कारण पर्सामा संगठन कमजोर रहेको पार्टी संगठनको कार्यालय नरहेको पार्टीमा गलत गर्नेहरुमाथि छानबिन हुनुपर्ने जिल्ला संगठनमा नीति कार्यक्रम र योजना नभएको जुट्ने बेलामा अन्तर विरोध र लुट्ने बेलामा मेलमिलापको अवस्था रहेको शहीद परिवार र सर्वसाधारण जनताको पीर मर्कामा पार्टी संगठनले उपेक्षा गरेको आर्थिक संकलनको हिसाब किताब पारदर्शी नभएको जनताहरुमाथि भइरहेको अन्याय अत्याचार प्रति पार्टी जुझारु किसिमले लड्न तयार नभएको गल्ती ढाकछोप गर्ने पार्टीको काम ठग्ने प्रवृत्ति बढेको आदि कुरा उठाएका थिए।

पार्टी सदस्य सवैलाई पार्टी संगठनलाई संगठनात्मक प्रणाली र पद्धति अनुशार िहंडाउन व्यक्तिगत विवरण सम्पत्ति विवरण फर्म भर्न अनिवार्य गराइएको छ। सो बैठकले पार्टी संगठनलाई सुचारु गर्न ४१ सदस्यीय सचिवालय समिति गठन गरेको छ। जसमा छत्रबहादुर श्रेष्ठ विनोद काफ्ले विवेक शम्भु पाल बलराम साह शिरोमणी सापकोटा हीरा साह रामाश्रय राम राजदेव पासवान शम्भु थापा राजेश मण्डल सुशील िसंह धनबहादुर श्रेष्ठ बैद्यनाथ ठाकुर चन्दा राम सभासद रामबहादुर बैठा रोहित रविन्द्र गुप्ता रेवती घिमिरे लगायत रहनुभएको

छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।