Skip to main content

पुनः संचालनमा आउंदैछन बाईपासका रेष्टुरेन्ट

-चन्दन रौनियार
वीरगंज, १९ पुस। व्यवसाय तथा मेहनत गरेर खान पाउनु सबैको अधिकार हो। यहि अधिकारलाइ प्रयोग गर्दै मानवसमाज अगाडि बढिरहेको छ। तर कतिपय व्यक्तिले यो अधिकारलाई लतयाउदै वा भनौं दुरुपयोग गर्दै अनैतिक कामहरु पनि गर्दै आएका छन्। त्यस्ता अनैतिक काम गर्ने थलोको रुपमा अवैधानिक तरिकाबाट संचालन हुने रेष्टुरेन्टहरुलाई लिन सकिन्छ।
वीरगंजको वाईपास क्षेत्रमा संचालन हुंदै आएका रेष्टुरेन्टहरुले समाजमा विकृति फैलाउने, अश्शिल प्रदर्शन गर्ने तथा अपराधिक क्रियाकलापको बढावामा सहयोग गर्ने कुरामा दर्ुइमत छैन। किनभने वीरगंज लगभगका क्षेत्रमा घट्दै आएको घटनाको योजनाहरु त्यस्ता-त्यस्ता ठाउंमा नै बन्ने गरेको कुरा स्वतः प्रमाणित समेत भएको छ। यस्तै अश्लिलता, अपराध, विकृति जस्ता सामाजिक विकृति फैलिएको भन्दै एकपल्ट नगवाबासी जुरमुराएका थिए। नगवाबासीको त्यस्तो जुरमुराहटले अन्ततः नगवा वरपरका रेष्टुरेन्टलाई पूर्णत बन्द नै गराएका थिए। नगरवासीको यो रेष्टुरेन्ट बन्द गराउने कदम निकै नै सराहनीय रहेको थियो।
हाल आएर नगरवासीले बन्द गराएका र बन्द गराउन छुटेका रेष्टुरेन्टहरु मध्य केहि रेष्टुरेन्ट संचालनमा आउन थालेका छन्। कतिपयले ढाकछोप गरी त कतिपय रेष्टुरेन्ट खुलेयाम रुपमा संचालन भइरहेका छन्। रेष्टुरेन्ट संचालकले त संचालन गरी आफनो ढुकुटी गर्ने काम गरेका छन् तर त्यस रेष्टुरेन्ट वरपरका समाजप्रति वास्ता गरेका छैनन। गरुन पनि त किन न उनिहरुको त्यहा“ घर नै छ न त्यहा“ उनिहरुका आफन्तहरु छन्। यसरी निर्विवाद रुपमा संचालन भएका रेष्टुरेन्टहरुले गर्दा स्थानिय समाजमा नकारात्मक असर परेको कुरा बताउनु हुन्छ नगवाकै अजय गुप्ता। वहा“ले सबैभन्दब ढी नकारात्मक प्रभाव यस क्षेत्रमा रहेका बालबालिका माथि परेको कुरा बताउनुहुन्छ। साथै कुनै-कुनै बेलामा त्यहा“को वातावरण कोनाहलमय बन्ने गरेको पनि स्थानियवासी गुप्ताको भनाई छ।
यसरी पनुः छिटपुट रुपमा संचालन आउन थालेका रेष्टुरेन्टलाई समाज भन्दा परको क्ष्ँेत्रतिर लानुपर्ने र संचालकले पनि अन्य समाजलाई परेको असरप्रति गम्भिर बन्नु आवश्यक छ। नत्रभने यसले आउंदा पिढिका व्यक्तिलाई विगार्ने कुरा कसैले शंका गरिराख्नु पर्दैन।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...