Skip to main content

गाउँ गाउँमा सहकारी र घरघरमा रोजगारीको नारालाई महिलाहरुले आत्मसाथ गरे

ज्ञानेन्द्र शर्मा/लिवाङ, रोल्पा १९ पुष। गरेपछ के संम्भव हुदैन र भन्ने कुराको पुष्टी गरका छन् सिर्जनशिल कृषि महिला सहकारी सस्था लिवाङ रोल्पाका महिलाहरुले। उनीहरुले गाउँ गाउँमा सहकारी घरघरमा रोजगारीको नारालाई र्सार्थक पार्न सफल भएका छन्। यस सहकारीबाट ३ जनाले दैनिक रोजगारी पाएका छन्।
आफुहरु संग भएको सानो पुजीँलाई आधार बनाई बिभिन्न संघ सस्थाहरुको सहयोगमा सहकारी खोली मध्य पश्चिमाञ्चल बिकास क्षेत्रमै उत्कृष्ट काम गरेबापत पुरस्कृत हुन सफल भएका छन्।
नेपाल जस्तो अबिकसित देशका शिक्षाको उज्यालोबाट बञ्चित भएका ग्रामिण भेगका महिलाहरु सधै चुलो चौकोमा जीवन अर्पण गर्न बाध्य भएकाहरुलाई चुनौति दिएका छन् श्रृजनशिल कृषि महिला सहकारी सस्थाका महिलाहरुले।
सुरुमा ३६ हजार लगानी गरी समुहमा काम थालेका उनीहरुले गत बर्ष२०६५ साल बैशाख २ गते सहकारी दर्ता गरी परिश्रम र मेहनतको बावजुद २० लाख भन्दा बढी आर्थिक लगानी गर्न सफल भएका छन्।
अहिले यस सहकारी सस्थाले कुखुरा पालन, मकै उत्पादन, सिचार्ँइ कार्यक्रम, गाविस स्तरिय नेतृत्व बिकास तालिम, सामुहिक तरकारी खेती, सहकारी पसल, प|mेस हाउस, प्लास्टिक पोखरी निमार्ण्र्ाानर्सरी बिउ उत्पादन लगायतका महत्वपर्ूण्ा कार्यहरु गर्न सफल भएको सहकारी सस्थाका अध्यक्ष हिरा घले बताउनु हुन्छ।
साथै उहाँले सहकारीको बचत ३ लाख नगद, १ लाख बराबरको खुद्रा पसल, २ लाख बराबरको कुखुरापालन, १ लाख बराबरको मकै बिउ उत्पादन, ५० हजार बराबरको तरकारी खेती, २५ हजार बराबरको नर्सरी, १२ लाख बराबरको भवन निमार्ण्र्ाा१ लाख बराबरको जमिन खरिद गरी करिब २१ लाख बराबर रकम संकलन गर्न सफल भएको बताउनु भयो।
सहकारी सस्था खुलेपछि आकस्मिक काम र दैबि प्रकोपको समयमा कसैको हात थाप्नु नपर्ने सहकारी सस्थाका सल्लाहकार दिल बहादुर गुरुङले बताउनु भयो। सहकारी सस्थालाई जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला बिकास कार्यालय, जिल्ला बिकास समिती, आर.आर. एन र गाउँ बिकास समितीले सहयोग गर्दै आएको सस्थाको अध्यक्ष हिरा कुमारी घलेले बताउनु भयो।
सुरुमा काम गर्दा पुरुषहरुको सहयोग नपाईएको भएपनि अहिले पुरुषहरुको सहयोग पाईएको र सस्थाले प्रतिव्यक्ति ७० हजार सम्म ऋण उपलव्ध गराएको सस्थाका अध्यक्ष घलेले बताउनु भयो। सहकारीले अहिले शौचालय निर्माण र सिंचाइका लागि प्लास्टिकका पोखरीहरु निर्माण गरिरहेको छ।
मध्यपश्चिमाञ्चल बिकास क्षेत्रमै नमुना सहकारीको रुपमा घोषित भएको यस सहकारीले जिल्ला पशु कार्यालय रोल्पाबाट र बिश्व खाद्य दिवशको अवसरमा कृषि तथा सहकारी मन्त्रालयबाट मध्यपश्चिममाञ्चल बिकास क्षेत्रमा उत्कृष्ट सहकारी भए बापत पुरस्कृत भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।