Skip to main content

अन्सारी पक्राउ परेपछि जाली नोटका तस्करहरुवीच खैलबैला

१९ पुस, वीरगंज । भारतिय जाली नोटको कारोबारमा संलग्न राष्ट्रिय जनता दलका अध्यक्ष यूनिस अन्सारी काठमाडौंमा पक्राउ परेको समाचारसंगै मध्य तराईको बारा, पर्सा र रौतहट जिल्लाका जालि नोटको कारोबारीहरु विच ठुलो हलचल मच्चिएको छ ।

जाली नोट कारोवारीमा अन्तराष्ट्रिय गिरोहका प्रमुख नाईके समेत कहलिएका युनुस पुर्व मन्त्रि सलिम मियाँ अन्सारीका छोरा हुन् । अन्सारी २० लाख भन्दा बढी नक्कली भारतिय रुपैयाँ सहित शनिबार राजधानिमा पक्राउ परेपछि मध्य तराई क्षेत्रमा जाली नोटको सञ्जाल फैलाउने सो गिरोहका सदस्यहरुवीच अहिले खैला बैला मच्चिएको छ ।

प्रहरीले विगतमा जालीनोटको कारोबारमा संलग्न भएको आरोपमा वीरगंजको गहवाबाट साजिद अन्सारी सहितको गिरोहलाई पक्राउ गरेपछि यस धन्दामा पुर्व मंत्रि सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीको संलग्नता रहेको आशंका गरीए पनि प्रमाण नभेटिएको कारण पक्राउ गर्न नसकिरहेको अवस्थामा २० लाख भन्दा बढी भारतिय जालि नोट सहित अंसारी पक्राउ परेपछि अव सो कारोबारमा संलग्न सञ्जालको पर्दाफास हुने दाबी पर्सा प्रहरीले गरेको छ ।

युनिसको पक्राउपछि उनको कारोवारलाई सघाउंदै आएकाहरुले समातिने डरले भागेको पारिवारिक श्रोतले जनाएको छ ।

नक्कली नोटमा अन्सारी संलग्न रहेको चर्चा लामो समयदेखि चल्दै आएपनि नेपाल सरकारले यसअघि उनलाई एक पटक पनि पक्राउ वा सोधपुछ गरेको थिएन । भारतीय विदेश मन्त्री एसएम कृष्णा माघ १ गते नेपाल आउने भएपछि छिमेकी मुलुकलाई खुशी पार्नका लागि सरकारले युनुस अन्सारीलाई पक्राउ गरेको हुनसक्ने उच्च सुरक्षा अधिकारीहरुको भनाई छ ।

भारत सरकारले युनुसलाई पक्राउ गर्नका लागि पटक पटक नेपाल सरकारसाग आग्रह गर्दै आएको थियो ।

यता विगत केहि दिन अगाडि बारा जिल्लामा जाली नोटकै धन्दामा संलग्न भएको आरोपमा ताज महम्मद, शेर महम्मद लगाएत आधा दर्जन भन्दा बढी व्यक्तीहरुलाई प्रहरीले खोजिकार्य तिव्र पारेको र केहिलाई पक्राउ समेत गरेको दावि जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विज्ञान सर्माले बताउनुभयो ।

पाकिस्तानि खुफिया एजेन्सि आई.एस.आई र अन्तराष्ट्रिय अपराधिक गिरोह दाउद ईम्ब्राहिमको समुहमा संलग्न भई नेपालको भुमि प्रयोग गरेर भारतमा जाली नोट पुर्‍याउने धन्दामा युनुस अन्सारी नेपालको प्रमुख एजेन्ट भएको समाचार सार्वजनिक भएपछि भारतको दवावमा युनुस अन्सारी पक्राउ परेको बताईएको छ ।

विगत केहि समय यता तराईका जिल्लाहरुमा व्यापक रुपमा भारतिय जाली नोटको कारोबार बढी रहेको अवस्थामा प्रमुख नाईकेनै पक्राउ परे पछि अव यो धन्दा समाप्त हुने विश्वास यस क्षेत्रका बासिन्दाहरुले गरेका छन् ।

पक्राउ परेका युनुस अन्सारी हालै परीक्षण प्रारम्भ गरेको नेशनल टेलिभिजनका अध्यक्ष समेत रहेको बुझिएको छ ।- अनलाइनखबर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।