Skip to main content

चिसो सिरेटोका कारण आईतबार ४ जनाको ज्यान गयो

वीरगंज १९ पुस । विगत केही दिनदेखि बाक्लो हुस्सोसंग चलेको चिसो सिरेटोका कारण मध्य तथा पूर्वी तराईमा जाडोले कठ्यांग्रीएर आईतबार ४ जनाको ज्यान गएको छ ।

चिसोका कारण कठ्यांगि्रएर बाराको गञ्जभवानीपुर-२ की ४८ वषिर्या फुलमती देवी वीरगंज-१८ का ६० वषिर्य जयसिंह राउत रहेका छन् ।

बाक्लो हुस्सोसंगै चलेको चिसो शितलहरले मध्य तराईको बारा, पर्सा र रौतहटमा कोल्ड डायरिया, निमुनिया, रुघाखोकी, दमलगायतका रोगबाट ग्रसित विरामीहरुको अस्पतालमा भिड लागेको छ ।

चिसोका कारण वृद्धवृद्धा र बालबालिकाहरु बढी प्रभावित भएका छन भने बजारमा सर्वसाधरणको चहल पहल निक्कै कम भएको छ ।

चिसो बढेका कारण बीरगन्जका शिक्षणस्ंथाहरुमा पनि विधार्थीहरुको उपस्थिती न्यून रहेको छ भने दैनिक मजदुरी गरेर गुजारा चलाउने रिक्सा, ठेला चालकहरुलाइ निक्कै अप्ठयारो परेको छ ।

बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएका कारण सडकमा गुड्ने सार्वजनिक सवारीसाधन पनि पातलीएका छन् । त्यस्तै विगत चार दिन देखि लागेको बाक्लो हुस्सुका कारण बाराको सिमरा विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएको छ ।

विमान अवतरणका लागि १२ फिट माथि आकाशबाट धावन मार्ग देखिनुपर्नेमा बाक्लो कुहिरोका कारण देख्न नसकिने भएकाले आईतबार पनि उडान ठप्प हुने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभयो ।

मौसम विमान विभागका अनुसार आज सीमरामा आजको तापक्रम न्यूनत्तम ५ डिग्री सेल्सियस र अधिकत्तम ११ डिग्री सेल्सियस रहेको छ।खराब मौसमका कारण हिजो पनि सातवटै हवाई उडान ठप्प हुन पुगेको थियो ।

यस्तै बाक्लो हुस्सोसंगै चलेको शितलहरका कारण सप्तरीमा २ जनाको ज्यान गएको छ । यो संगै सप्तरीमा चिसोले कठ्यांगि्रएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

मृत्यु हुनेमा कटैया गाविस-१ निवासी ४५ वर्षिया चुकनीदेवी मलाह र राजविराज नगरपालिका-३ निवासी ६० वर्षिया बुछकीदेवी साह रहेका छन् ।

अत्यधिक चिसोका कारण बिरामी परेकी मलाहाको आईतबार बिहान मृत्यु भएको छ भने साहको गएराति मृत्यु भएको स्थानीय बासिन्दले बताएका छन् ।- अनलाइनखबर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।