Skip to main content

प्राबिधिक शिक्षामा नयाँ बिषय

काठमाडौं १३ भदौ। जलबिद्युतको धनी भनिएको नेपालमा पहिलो पटक स्नातक तहमा
जलबिद्युत इन्जिनियरीङ पढाइ हुने भएको छ। यसै बर्षदेखि धुलिखेल
क्याम्पसमा स्नातक तहमा मुल बिषयको रुपमा जलबिद्युत सम्बन्धि अध्ययन
अध्यापन हुन लागेको हो। यस अघि यो बिषय सिभिल इन्जिनियरीङमा ऐच्छिक
बिषयको रुपमा मात्र पढाइ हुने गरेको थियो। <br>
पुर्वाधार बिकास देशको मेरुदण्ड हो। दश बर्षमा दश हजार मेगावाट बिजुली
उत्पादन गर्ने सरकारी लक्ष्यलाई साकार पार्न जलबिद्युत इन्जिनियरहरुको
अहम भुमिका हुन्छ। नेपालबाटै दक्ष जलबिद्युत इन्जिनियर उत्पादन गर्न यो
कोस्र यसै शैक्षिक सत्रबाट सुरु गर्न लागिएको हो।<br>
गत बर्षबाट सुरु भएको स्नातक तहमा नापी इन्जिनियरीङ पनि नयाँ बिषयको
रुपमा नै रहेको छ। यस बिषयमा बिद्यार्थीहरुले भौगौलिक अवस्थाको
सुचनाहरुको निमार्ण गर्न ज्ञान सिक्छन्। यसरी सिकेका ज्ञान जग्गा जमिन
नाप्न पृथ्बीका भुसतहको अध्ययन अनुसन्धान गर्न प्रयोग हुने गरेको छ।
डिजिटल नक्साको अवधारणा आइरहेको अवस्थामा यो बिषयमा सुचना प्रबिधिलाई जोड
दिइएको छ। नेपाल मै पनि हाल सम्म यसरी डिजिटल नक्साको आम नागरीकको
पहँुचमा छैन। तर पनि गुगल अर्थ जस्तो नापी सम्बन्धि अनलाइन सफ्टवेयरको
प्रयोग गरॆर जग्गा दलालहरुले राजधानी उपत्यकामा बाकी रहेका जमिनहरुमा
घडेरी निर्माणका योजनाहरु अघि सार्ने गरेका छन्। यस प्रकारको प्रबिधिले
नेपालमा सरकारी मान्यता पाइसकेको छ्र्रैन। यस क्षेत्रमा काम गर्ने दक्ष
जनशक्तिको अभावमा सरकारले डिजिटल नक्साको अवधारणा पनि बिकास गर्न सकेको
छैन। त्यसैले यो बिषयमा अध्ययन गर्नेहरुले सरकारी काममा पाउन सक्ने
देखिन्छ। चार बर्षे यो कोस्र नापी तालिम केन्द्रले सुरु गरेको हो। नेपाल
सरकारको स्वामित्वमा रहेको केन्द्रले हाल सम्म बिभिन्न तहका ५ हजार भन्दा
बढी नापी सम्बन्धि प्राबिधिकहरुलाई तालिम दिइसकेको छ। केन्द्रको यही नै
बिश्वबिद्यालय तहको कोस्र हो। कोस्र धुलिखेल क्याम्पसमा साचालन गरिएको
छ।-रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।