वीरगंज, १३ भदौ । रक्तसंचार केन्द्रमा रगतको अभाव भएपछि आज लायन्स क्लब वीरगंज र मधेश मिडिया मिशनले वीरगंजमा विभिन्न संघसंस्थाद्वारा रक्तदान कार्यक्रम गरेको छ।
लायन्स क्लब अफ वीरगंज थ्रीजे र लायन्स क्लब अफ वीरगंज संस्कृतिले संयुक्तरुपले आज बिहान टिवडेवाल धर्मशालामा आयोजित रक्तदान कार्यक्रमको करिब पांच दर्जन व्यक्तिहरुले रक्तदान गरेका थिए।
यसैगरी मधेश मिडिया मिशन नेपाल पर्साले घण्टाघरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
Comments
Post a Comment