वीरगंज १३ भदौ । मधेशी जन अधिकार फोरम मधेश पर्साले कालो दिवस मनाएको छ।
आज भदौ १३ गते हातमा कालो पट्टि बांधेर वीरगंजको घण्टाघरमा फोरम मधेशका जिल्ला अध्यक्ष केदारप्रसाद साह सति श्रीवास्तव हरिओम गुप्ता लगायतले विरोध भाषण गरेका थिए।
विरोध सभामा वितरित प्रेस विज्ञप्तिमा मधेशी नेताहरुले आपुनो निजी स्वार्थको लागि ५४ मधेशी शहीदको आत्मालाई बेचेर आफनो परिचय दिएका छन्। उपेन्द्र यादवले ५४ वीर सपूतहरुको कुरबानीलाई आफनो खुट्टाले किल्चिएर २०६४ भदौ १३ गतेको दिन मधेश आन्दोलनको मूल मांगमाथि लात मारेर २२ बुंदे सम्झौता गिरिजा सरकारसंग गरेर मधेशको लिखित रुपमा बेचिदिएका छन् । सोही दिन मधेशीहरुको लागि कालो दिन थियो। भने आज भदौ १३ गते सो पाटीले कालो दिवस मनाउंदै चार बुंदे माग पूरा गराउन सडक आन्दोलन गर्ने उल्लेख छ।
Comments
Post a Comment