भेषमा पहिलो पटक भक्तपुर आएका निर्देशक आलोक नेम्वाङ गत हप्ता फेरी यहाँ
आएका छन्। राजेश बन्सलको प्रस्तुती बन्दै गरेको कही मेरो फिल्मको सुटिङको
युनिट सहित उनी भक्तपुरको कुम्ह फल्चामा शुक्रबार देखिए। माटोका भाडा
बनाउने सो स्थानमा रहेका कुम्ह फल्चामा अरु बेला मानिसहरु तास खेल्थे। तर
त्यस दिन सुटिङको कार्यक्रम हुदाँ तास खेल्नेहरु आएनन्। भक्तपुर
नगरपालिकालाई तिर्नु पर्ने सुटिङ शुल्क पनि नेम्वाङ नतिरेको बताइन्छ।
फिल्मकॊ ूतिम्रो केसमा छुलादेउन एकक्षण राम्रोसंग नबोलेको पनि भयो धेरै
दिनू बोलको गीत यहाँ छायाङकन गरिएको थियो। गीतमा नायक आर्यन सिग्देल र
नायिका सिाचता लुइटेलले अभिनय गरिरहेका छन्। हिला पनि आलोकलाई त्यहाँ
सुटिङको लागि आएको देखेका जेष्ठ महिला रामदेवी प्रजापतिले उनी अबिवाहित
भएको थाहा पाए पछि चाँडै बिवाह गर्न सुझाव दिए। नेम्वाङका दर्जर्नौ
म्युजिक भिडियो भक्तपुरमा सुटिङ गरिएका छन्। तर सुटिङ लोकसेनको बारेमा
भिडियोमा केही उल्लेख नगरेकोमा स्थानीय युवा प्रेम सुवालले आलोकलाई
गुनासो पोखे।
हिरोइनले गैडा गफ सुनेनन्
भक्तपुर १३ भदौ। गायक राजेश पायल राइको दर्शन नेपाल एल्बमको बिमोचन
समारोहमा ढिलो सुरु हुने भए पछि त्यहाँ उपस्थित कलाकर्मीहरु गफ गर्न
ब्यस्त रहे। यसै क्रममा तीतो सत्यका गैडा निर्मल सर्मा पनि मोडेल
सुगारिका केसी अरुणिमा केसी रेडियो कान्तिपुरका आरजे प्रतिमा राणाको
टोलीमा समसामयिक गफमा ब्यस्त भए। यसै क्रममा गैडाले आपुनो ब्यबसायको
बारेमा बताउन थाले। उनको मुखबाट रक्सी र बियर भन्ने शब्द उच्चारण सुन्ने
बितिकै नायिका अरुणिमा लम्साल टु बि कटिन्युड भन्दै अरु दुइ साथी सहितलाई
अन्त तिर लगे। बियर रक्सीको सेवन नगर्नेहरुसंग यस बारेमा कुरा गर्न
खोज्दा एक्ले परे। एकक्षण अगाडिसम्म अन्य गफ रमाएर सुनिरहेका महिलाहरु
श्रोताहरु गैडाले गुमाए। यसबाट ठाउँ अनुसारको कुरा र गफ सुनाउन पर्छ
भन्ने शिक्षा गैडाले पाए। त्यस पछि अरुसंग रक्सी बियरको कुरा गैडाले
उठाएनन्।-रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment